बेगनास सिंचाई प्रणाली शाखा नं २ को साधारणसभा
समाधान संवाददाता
२०८२ मंसिर १३ गते १०:५३

पोखरा ।
बेगनास सिंचाइ प्रणाली शाखा नं २ ले आफ्नो वार्षिक साधारण सभा तथा अधिवेशन बिहीबार भएकाे छ ।
बेगनास सिंचाई प्रणाली मूल उपभोक्ता समितिका उपाध्यक्ष राजु खत्रीले शाखाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए । फोहोर व्यवस्थापन, पानीको उचित उपयोग र सिंचाई प्रणालीलाई प्रविधिमैत्री ढंगले अगाडि बढाउन उनले सुझाव दिए ।
शाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति विष्णुवहादुर बस्नेतले सिंचाई प्रणाली कृषि विकासको मेरुदण्ड भएको बताउँदै कृषकहरूलाई बाढी, पहिरो, भूक्षय तथा माटो कटान जस्ता जोखिम व्यवस्थापनमा सक्रिय हुन आग्रह गरे ।
कृषि वालीको संरक्षण र उत्पादन वृद्धिका लागि सिंचाईलाई व्यवस्थित बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
संस्थाका कोषाध्यक्ष शिवबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सचिव विश्वराज लामिछानेले आगामी योजना र कार्यक्रमबारे जानकारी गराउँदै सिंचाई सुविधालाई विस्तार गर्दै स्थानीय जलस्रोतको संरक्षण र कृषक प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शाखाका पूर्व अध्यक्ष घनश्याम खनाल, सल्लाहकार गणेशबहादुर खत्री, लेखनाथ उद्योग बाणिज्य संघका सल्लाहकार सदस्य भरत थापा, समाजसेवी खेमराज अधिकारी, किसान परियार र शरणकुमार प्रधान लगायतले कृषि आधुनिकीकरणको आधार स्तम्भ नै सिंचाई भएको बताए । नयाँ नेतृत्वलाई बहुउद्देश्यीय योजनाका साथ अगाडि बढ्न सुझाव दिँदै उहाँहरूले कृषकको हितलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
अधिवेशनले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज लामिछाने, सचिवमा मोहनबहादुर थापा र कोषाध्यक्ष कृतिराज खनाल छन् । त्यस्तै सदस्यहरूमा राजु खत्री, बलराम केसी, रामबहादुर खत्री, सम्मरबहादुर खत्री, पद्ममा बास्तोला, लालमाया थापा र झलक थापा निर्विरोध रूपमा निर्वाचित भए । निर्वाचन मण्डलको संयोजकमा संस्थाका सल्लाहकार गणेशबहादुर खत्री थिए ।
सम्बन्धित







चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया