मुस्ताङमा भुकम्म सम्बन्धि सेनाको ‘डेमो’ प्रर्दशन

समाधान संवाददाता २०७६ माघ २ गते १३:५५

एसके थकाली
जोमसोम

‘भुकम्पबाट सुरक्षित पूर्वाधार ,दिगो सुख र समृद्धिको आधार’ भन्ने मुलउद्घोष सहित हिमाली जिल्ला मुस्ताङको जोमसोममा बिहिबार २२ औं भुकम्प दिवस मनाईएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको भुकम्प दिवस मनाईएको हो ।

कार्यक्रममा स्थानीय तह, जिसस मुस्ताङ, जिल्ला स्थित सरकारी निकाय, रेडक्रस, नागरिक समाज, सुरक्षा निकाय र पत्रकार लगायतले उपस्थिती जनाए । भुकम्पीय जोखिमबाट कसरी सुरक्षित सकिन्छ भन्ने सचेतनामूलक प्लेकार्ड र ब्यानर सहितको सहभागी र्‍यालीको टोलीले घरपझोङ–३ पुथाङ एअरपोर्टबाट घरपझोङ–४ को गाउपालिकामा पुगेर कार्यक्रममा परिणत भयो ।

Advertisement

मुस्ताङका प्रजिअ वेदप्रसाद अर्यालले दिवसको औचित्य बारे जानकारी गराए । उनले नेपालमा सन् १९९० सालको महाभुकम्पपछि सरकारले औपाचारिक रुपमा दिवस मनाउन थालेको उल्लेख गरे । प्रजिअ अर्यालले २०५५ साल देखि नेपालले दिवस मनाउदै आएको र २०७२ सालको भुकम्पले पनि नेपालमा धेरै धनजनका साथै मानवीय क्षति भएको स्मरण गरे । प्रजिअ अर्यालले भने ,‘ भुकम्प प्राकृतिक सिस्टम भएकाले यसलाई चाहेर रोक्न सकिन्न तर यसबाट सुरक्षित रहने उपाय अवलम्बन गर्न सकिन्छ । भुकम्पले धेरै धनजनको क्षति पुर्‍याउन सक्ने संम्भावना भएकाले यसको समाधानी उपाय मुख्य हो । भुकम्पीय जोखिमलाई न्युनिकरण गर्न स्थानीय तह र सरोकारवालाहरुले भुकम्म प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने हुन्छ ।’

यस्तै ,जिसस उपप्रमुख राजेन्द्र शेरचनले नेपालमा भुकम्पीय जोखिमको ११ औं स्थानमा रहेको बताउदै यसबाट सुरक्षित रहन सचेतनामूलक कार्यक्रम प्रभावकारी रहने बताए । उनले भुकम्प कुनै क्षेत्र र भुगोलको निर्धारण नहुने भएकाले मुस्ताङमा पनि भुकम्प प्रतिरोधात्मक भवन बनाउन जोड दिनुपर्ने बताए ।

Advertisement

यसअघि जोमसोम स्थित ब्रज दल गणका सैनिक जवानहरुले भुकम्म संम्वन्धि तयार पारिएको डेमो स्टेशन प्रस्तुत गरेका थिए । जनहित माविको प्राङ्गण अगाडी प्रस्तुत गरिएको नाटकिय डेमोमा भुकम्प गएपछिको साधारण अवस्था, भान्सा भएको अवस्थामा भुकम्पबाट बच्ने उपाय, घर बाहिरको अवस्था, बाटोमा भएको अवस्था, सवारी यात्राको अवस्थामा, भीर पहिरो नजिक भएको अवस्था र भुकम्प पीडितको उद्दारमा सुरक्षा निकाय, स्थानीय, प्रशासन र सरोकारवालाहरुको भुमिका आदीका बारेमा नाटक प्रस्तुत गरिएको थियो । साथै नाटकमा नेपाली सेनाले भुकम्पमा परेका पीडितलाई कसरी उद्दार र उपचारमा सहयोग पुर्‍याउन सक्छन् भन्ने सेनाको डेमोले प्रष्ट्याएको थियो ।

मुस्ताङको जोमसोममा नेपाली सेनाको भुकम्म सम्बन्धि प्रस्तुत गरिएको डेमा नाटक । तस्विर ःसमाधान ।

तपाईको प्रतिक्रिया