विद्यार्थीलाई टेम्पल ट्रिको साथ

पोखरा ।
टेम्पल ट्रि रिसोर्ट प्रालि पोखरा ६ ले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई आइतबार न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छोरेपाटन मावि, विन्ध्यवासिनी मावि र जानकी माविका १ सय ४५ विद्यार्थीलाई स्टेसनरी र स्वेटर प्रदान गरेको रिसोर्टका अध्यक्ष वशन्त गौतमले जानकारी दिए ।
उनले सामाजिक संस्था असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा )को सहयोगमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको उल्लेख गरे । रिसोर्टले गत वर्षसमेत सहयोग गरेको जानकारी दिँदै उनले आगामी दिनमा समेत सहयोग निरन्तर दिने उल्लेख गरे ।
गोनेसा अध्यक्ष रामप्रसाद सुवेदीले विद्यार्थी विद्यालय भर्ना कार्यक्रम अन्तर्गत शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्मका ४ सय १६ बालबालिकालाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने बताए । उनले वर्षको २ पटक विद्यालय पोशाक, स्टेसनरी, झोला प्रदान गर्दै आएकोमा जाडो मौसमलाई मध्यनजर राख्दै स्वीटर समेत थप गरेको जानकारी दिए ।
दातृ निकायको सहयोग घटेकोमा ३ सय ३५ बालबालिकालाई शैक्षिक सामग्री प्रदान कठिनाई भएको अवस्था टेम्पल ट्रिको सहयोग मिलेको बताए ।
कार्यक्रममा गोनेसाका सल्लाहकार मोनिका गौतमले राम्रोसँग पढेर असल नागरिक बन्न सुझाव दिइन् । पढेको मानिस विदेश जान भन्दा स्वदेशमै बसेर सेवा गर्न उनले उल्लेख गरिन् ।
कार्यक्रममा गोनेसा पोखराका कार्यसमितिका सदस्य केशु भुजेल, कार्यकारी निर्देशक शिवराज शर्मा, सुपरभाइजर कमल पुन लगायतले विद्यार्थीका लागि गुणस्तरीय शिक्षाका लागि घरपरिवारबाट उचित वातावरण मिलाउनुपर्ने बताए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया