नोभेम्बरमा सवा लाख पर्यटक नेपाल भित्रिए

समाधान संवाददाता २०८२ मंसिर १६ गते १७:००

काठमाडौं ।
सन् २०२५ को नोभेम्बरमा १ लाख १६ हजार ५ सय ५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो ।


जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४, चीनबाट ७ हजार ८ सय ७१, बेलायतबाट ७ हजार १ सय ८९, बंगलादेशबाट ५ हजार ६ सय ५३, अष्ट्रेलियाबाट ५ हजार ३ सय ९३, श्रीलंकाबाट ४ हजार ८ सय ३१, म्यानमारबाट ४ हजार ४ सय ८४, फ्रान्सबाट ४ हजार २ सय ११ र जर्मनीबाट ४ हजार १ य ३४ पर्यटक भित्रिएका हुन् ।

क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८ सय ७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६ सय १३, युरोपबाट ५ हजार ८ सय ९१, अमेरिकाबाट १३ हजार ६ सय ७८, मध्य पूर्वी मुलुकबाट १ हजार ८ सय २, अफ्रिकाबाट ४ सय १२ र अन्य मुलुकबाट ६ हजार २ सय ६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

Advertisement


सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २ सय ६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४ सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६ सय ८० पर्यटक नेपाल भित्रिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया