मादीको काउरेडाँडा–तल्लो छाचोक सडक खण्ड बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

समाधान संवाददाता २०८२ मंसिर १७ गते १३:२२
default

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ स्थित काउरेडाँडादेखि तल्लो छाचोकसम्मको सडक खण्ड सवारी आवागमनका लागि बन्द गरिएको छ । सडक ढलान कार्य सुरु गर्नुपर्ने भएकाले आइतबार (मंसिर १६) देखि अर्को सूचना जारी नहुँदासम्मका लागि बाटो बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

Advertisement

काउरेडाँडा ज्याम्दु ताडतिङ सडक खण्ड अन्तर्गत पर्ने उक्त बाटो साँघुरो र एकतर्फी मात्र भएकाले सवारीसाधन चल्दा निर्माण कार्यमा अवरोध सिर्जना भएको वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए । ढलान कार्यलाई सहज बनाउन सवारी साधन रोक्नुपरेको उनले बताए ।

वडा कार्यालयले यो बाटो भएर आउजाउ गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यात्रु तथा सवारी चालकले विजयपुर खोलादेखि भैंसे हुँदै मध्यपहाडी लोकमार्गको बाटो प्रयोग गर्न सक्नेछन् । निर्माण अवधिभर आउजाउमा पर्न गएको असुविधाप्रति वडा कार्यालयले क्षमा मागेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया