बर्ली होम एप्लायन्सेजका ६ नयाँ गिजर नेपाली बजारमा

काठमाडौं ।
बर्ली होम एप्लायन्सेजले नेपाली बजारमा ६ वटा नयाँ गिजरका मोडेल सार्वजनिक गरेको छ । गत वर्ष नेपालमा १७ वटा मोडेलका एयर कुलर ल्याएर सफलता हासिल गरेको कम्पनीले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै एलिगेन्स र एलेसिया सिरिजका स्टोरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको हो । नेपालका लागि बर्ली उत्पादनहरूको आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री वितरण औपचारिक रुपमा सुरु भएको जनाएको छ ।
अत्याधुनिक जर्मन टेक्नोलोजी, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई विशेष ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालभर उपलब्ध भएका छन् । नेपालमा एयर कुलरको सफलतापछि कम्पनी गिजर श्रेणीमा प्रवेश गरेको हो । कम्पनीका प्रतिनिधिले भने, ‘नेपालमा एयर कुलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ । एलिगेन्स र एलेसिया सिरिजका मोडेलहरू सुरक्षा, दिगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन् ।’
नयाँ सार्वजनिक गरिएका बर्ली गिजरमा ग्राहकले वाटर ट्यांकमा ७ वर्ष, हिटिङ एलिमेन्टमा २ वर्ष र सम्पूर्ण प्रोडक्टमा २ वर्षको वारेन्टी सुविधा पाउने कम्पनीले जनाएको छ । यी उत्पादनहरू दुई सिरिजअन्तर्गत ६ वटा मोडेलमा उपलब्ध छन् । एलिगेन्स सिरिजअन्तर्गत १० लिटर, १५ लिटर र २५ लिटरका तीन वटा मोडेल बजारमा आएका छन् । यसमा टेम्प्रेचर कन्ट्रोल नब, शक तथा वाटर प्रुफ डिजाइन, इनर्जी इफिसियन्ट अपरेसन, उच्च गुणस्तरको हिटिङ एलिमेन्ट र इनामेल कोटेड ट्यांक जस्ता विशेषता रहेका छन् । यसको मिनिमलिस्ट डिजाइनले विश्वसनीय अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यसैगरी एलेसिया सिरिजमा एलेसिया २५ ब्ल्याक, एलेसिया २५ गोल्डेन र एलेसिया १५ गोल्डेन गरी तीन मोडेल उपलब्ध छन् । प्रिमियम रङहरूको विकल्पसहित आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त यी गिजरमा पनि टेम्प्रेचर कन्ट्रोल नब, शक तथा वाटर प्रुफ बडी, इनर्जी सेभिङ पर्फर्मेन्स र जर्मन टेक्नोलोजीमा आधारित संरचना रहेको छ । युजर फ्रेन्डली फ्रन्ट कन्ट्रोल रहेको यो सिरिजको डिजाइन आधुनिक बाथरूम सुहाउँदो रहेको बताइएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया