खेलकुदमा १५ सय प्रतिस्पर्धी

समाधान संवाददाता २०८२ मंसिर १९ गते १३:२२

पोखरा ।
नेसनल प्याब्सन कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ । बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रंगशालामा हुने छन् ।


कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पूरा गरेको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा एनप्याब्सन कास्की आवद्ध ४३ विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।


यो महोत्सव विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्तफुटनमात्र नभई सिकाइको थलो पनि भएको अध्यक्ष अधिकारी बनाउँछन् । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कवितावाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्री, र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।

Advertisement


अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहने एनप्याव्सन कास्की सचिव प्रेमराज अधिकारीले बताए । छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता छ । क्रिकेटतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसलतर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सहभागिता जनाउने कोषाध्यक्ष राजु केसीले जानकारी दिए ।


मंसिर २० गतेदेखि सुरु हुने क्रिकेट प्रतियोगिताको उद्घाटन खेल अल्फा एकेडेमी र सिद्धार्थ लवडेलबीच हुनेछ भने फुटसलतर्फ उद्घाटन खेल नेसनल क्रियसन र न्यू ग्यालेक्सीबीच हुने छ ।

Advertisement


प्रतियोगिता गर्नका लागि उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यमा पितृराज अधिकारी र विक्रम सुवेदी छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलकप्रसाद अधिकारी छन् ।


चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यमा मित्र राई र सुरेशराज पाण्डे छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यमा विक्रम सुवेदी र भुवन पौडेल छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवेदी तथा सदस्यमा दिपु भारी र अशोक शर्मा छन् ।


विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यमा अजय थापा र शालिग्राम पराजुली छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यका गगन गुरुङ र सोमनाथ पौडेल छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यमा हरि धमला र मित्र राई छन् ।


क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्रबहादुर थापा तथा सदस्यमा हिमाल गुरुङ र देवराज कार्की छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद पाण्डे तथा सदस्यमा ज्ञानेन्द्रबहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल छन् ।

तपाईको प्रतिक्रिया