तनहुँमा धान उत्पादन बढ्यो
समाधान संवाददाता
२०८२ मंसिर १९ गते १३:२४

दमौली ।
यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड ९वर्णशङ्कर० जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ हजार २९२ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले बताए । छ हजार ३४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ । हालैको बेमौसमी वर्षाले रु एक करोड बराबरको क्षति भएको उनले बताए।
सम्बन्धित








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया