विद्यार्थीलाई पोशाक र दाँत परीक्षण

समाधान संवाददाता २०८२ मंसिर २१ गते १०:०६

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेन्चुरीले नियमित कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण र दाँत तथा मुखको स्वास्थ्य जाँच गरिएको छ । लायन्स सेन्ट्रल सेन्चुरी डिस्ट्रिक ३२५ एम नेपाल अन्तर्गतको क्लस्टर ४ रिजन ११ जोन २२ अन्तर्गत पर्छ ।


शुक्रबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ सिरिन्डाँडामा रहेको जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । सोही अवसरमा पोखराको न्युरोडमा रहेको माता मनकामना डेन्डलको सहकार्यमा विद्यार्थी र अभिभावकको मुख स्वास्थ्य परीक्षण र परामर्शसमेत दिइएको छ ।


पोखरा सेन्ट्रल सेन्चुरी अध्यक्ष राजु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर प्रमुख लायन कोपिला श्रीसले सेन्ट्रल सेन्चुरीले ग्रामीण ठाउँमा पुगी उदाहरणीय काम गरेको जनाइन् । कार्यक्रममा रिजन चियर पर्सन सुरेश केसी, क्लबका सचिव राजेन्द्र पाण्डे, विद्यालयका प्रधानाध्यापक ईश्वरी चापागाईं, समाजसेवी तारापति पौडेल लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रममा माता मनकामना डेन्टलका सञ्चालकसमेत रहेका जोन २२ का जोन चियर पर्सन युवराज पौडेल (अर्जुन)ले मुख तथा दन्त स्वास्थ्यबारे प्रकाश पारे । व्यक्तिगत सुन्दरतामा समेत असर गर्ने मुख तथा दन्त स्वास्थ्यका समस्यालाई उपेक्षा नगर्न आग्रह गर्दै उनले समस्या जटिल बन्दै गएपछि उपचार थप खर्चिलो र पीडादायी हुने उल्लेख गरे ।


‘पहिलो भेटमै मान्छे मुख, दाँत देख्छ, त्यहाँ केही समस्या भए व्यक्तित्वमै असर पर्छ,’ उनले भने, ‘बेला बेलामा मुख स्वास्थ्य जाँच गराउने, केही समस्या देखिए तुरुन्तै उपचार गर्नुपर्छ । नत्र यसले एकातिर पीडा बढाउँछ भने अर्कातिर उपचारमा पनि ठूलो खर्च हुन्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया