४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ

पोखरा ।
आफ्नै ४ महिने दूधे बालकको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । छोराको हत्या गरी फरार भएका असई पुष्कर कार्कीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
काठमाडौंको सिनामंगलमा बस्दै आएका कार्कीले कोठामै छोराको हत्या गरेर भागेको प्रहरीले जनाएको छ । उपत्यका छाडेर भाग्ने क्रममा उनलाई चन्द्रागिरि नगरपालिकास्थित नागढुंगा नाकाबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कार्कीले छोराको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।’ प्रहरी संगठनभित्रै कार्यरत व्यक्तिबाट यस्तो जघन्य अपराध भएपछि घटनाको कारणबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया