ज्योतिकुञ्ज स्कुलमा खेलकुद महोत्सव

समाधान संवाददाता २०८२ मंसिर २२ गते १६:४५

पोखरा ।
रामबजारस्थित ज्योतिकुञ्ज सेकेण्डरी स्कुलले दुई दिने ‘वार्षिक खेलकुद महोत्सव’ गरेको छ । विद्यालयले मंसिर २० र २१ गते उक्त महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे । उदघाटन मन्तव्य राख्दै गुरुङले विद्यालय खेलाडी उत्पादन गर्ने कारखाना भएको बताए । उनले खेलकुदको विकासमा विद्यालयहरूको ठूलो योगदान रहने धारणा राखे ।


सो अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य परमेश्वर कार्कीले पनि शुभकामना मन्तव्य राखे । विद्यालयका प्रिन्सिपल पुरण कुँवरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement


कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय सन्तोषी गिरी र शकुन्तला शर्माले गरेका थिए । खेल महोत्सवमा विद्यार्थी खेलाडीहरूबिच विभिन्न इभेन्टमा प्रतिस्पर्धा गराइने र करिब तीन सयको हाराहारीमा पदकको छिनोफानो हुने जानकारी प्रिन्सिपल कुँवरले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया