प्रतिनिधि सभाका लागि कास्की–२ मा कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ५ जनाको दाबी

पोखरा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न १३ जनाले आकांक्षा देखाएका छन् । आइतबार आयोजित उम्मेदवार मनोनयन कार्यक्रममा प्रत्यक्षतर्फ १३ जना र समानुपातिकतर्फ ५ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।
क्षेत्रीय समितिले आह्वान गरेको मनोनयनमा पुराना नेतादेखि युवा पुस्तासम्मले दाबी पेस गरेका छन् ।
प्रत्यक्षतर्फ को–को ?
प्रत्यक्षतर्फ उम्मेदवारी दिनेहरूमा वीरेन्द्रनारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला (मधु) र सिरोज विजय कोइराला रहेका छन् ।
त्यस्तै, इन्जिनियर सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र माइकल कर्माचार्यले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिने इच्छासहित नाम टिपाएका छन् ।
समानुपातिकतर्फ ५ जना
समानुपातिकतर्फ रंगीला आचार्य, उमा ठकुरी, शान्तिकुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइरालाको नाम मनोनयन भएको छ ।
के छ कांग्रेसको निर्देशन ?
नेपाली कांग्रेसको केन्द्रीय परिपत्रअनुसार तल्लो तह (क्षेत्रीय समिति) ले उम्मेदवारहरूको नाम सिफारिस गरी माथिल्लो तहमा पठाउनुपर्ने हुन्छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत गर्न र नभएमा आकांक्षीहरूको नाम रायसहित केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
पार्टी विधान र नियमावलीअनुसार भूगोलमा लोकप्रिय, पार्टीमा निरन्तर क्रियाशील र चुनाव जित्न सक्ने क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सिफारिस गर्न केन्द्रले निर्देशन जारी गरेको छ । क्षेत्रीय समितिबाट आएका नामहरूमा जिल्ला र प्रदेश समितिले राय राखेर केन्द्रमा पठाउनेछन् । अन्तिममा पार्टीको संसदीय बोर्डले एक जनालाई आधिकारिक उम्मेदवार (टिकट) तय गर्नेछ ।
क्षेत्रीय समितिले मनोनयन भएका नामहरूमा छलफल गरी सर्वसम्मतिको प्रयास गर्ने र सहमति नजुटे प्रक्रियागत रूपमा माथिल्लो निकायमा सिफारिस गर्ने तयारी गरेको छ ।









प्रतिनिधि सभाका लागि कास्की–२ मा कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ५ जनाको दाबी
लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया