कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न तँछाडमछाड चलेको छ । आइतबार आयोजित उम्मेदवार मनोनयन कार्यक्रममा प्रत्यक्ष र समानुपातिक गरी कुल २९ जना नेता–कार्यकर्ताले आकांक्षा देखाएका छन् ।
क्षेत्रीय समितिले आह्वान गरेको मनोनयनमा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ १३ जनाले नाम दर्ता गराएका हुन् ।
प्रत्यक्षतर्फ को–को ?
प्रत्यक्षतर्फ उम्मेदवारी दिने १६ जनाको सूचीमा पुराना अनुहारदेखि नयाँ पुस्तासम्म समेटिएका छन् ।
मनोनयन दर्ता गराउनेहरूमा मनोज गुरुङ, विजय गुरुङ, देवेन्द्र केसी, महोदत्त पोखरेल, धर्मराज अधिकारी, सीता गुरुङ, डा कृष्णप्रसाद पौडेल र खिमलाल बास्तोला रहेका छन् ।
त्यस्तै, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर बराल, जीवनप्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मीप्रसाद पौडेलले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने इच्छा जाहेर गरेका छन् ।
समानुपातिकतर्फ १३ जना
समानुपातिकतर्फ कृष्णकुमारी परियार, कमला बन्धु बराल, विजयालक्ष्मी कोइराला, सीता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ र प्रभा सुवेदीले नाम दर्ता गराएका छन् ।
त्यस्तै, पशुपति भट्टराई, शारदा पौडेल, देवेन्द्रकुमार शेरचन, जितबहादुर गुरुङ, मनबहादुर विश्वकर्मा र भीमबहादुर गुरुङ पनि समानुपातिक सूचीमा अट्नका लागि सिफारिसमा परेका छन् ।
अब के हुन्छ ?
नेपाली कांग्रेसको विधान र केन्द्रको परिपत्रअनुसार क्षेत्रीय समितिले संकलन गरेका यी नामहरूमा सहमतिको प्रयास गरिनेछ । सर्वसम्मत हुन नसकेमा सबै आकांक्षीहरूको नाम रायसहित जिल्ला र प्रदेश कार्यसमितिमार्फत केन्द्रमा पठाइनेछ । अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया