८१ जनाको दाँत जाँच

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ३ मा रहेको अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा दन्त परीक्षणको आयोजना भएको छ । सोमबार भएको दन्त परीक्षणमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, कान्तिपुर डेन्टल हस्पिटल र रोटरी क्लब अफ पोखरा न्युरोड, पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक गंगा त्रिपाठीले जानकारी दिइन् ।
निशुल्क दन्त परीक्षणबाट शिक्षालयका ६० जना विद्यार्थी र २१ जना कर्मचारी लाभान्वित भएका थिए । कार्यक्रममा बोल्दै शिक्षालयका प्रमुख शरद कोइरालाले सहयोगी संस्थालाई धन्यवाद दिँदै यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।
कान्तिपुर डेन्टल हस्पिटलका डाक्टर समीप बरालले ग्रामीण भेगमा रहेको शिक्षालयका विद्यार्थीहरूलाई सेवा प्रदान गर्दा दाँत सम्बन्धी हुने समस्याबाट विद्यार्थी सचेत हुने उल्लेख गरे । २०७६ सालमा स्थापना भएको सिटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षालयमा हाल कृषि र भेटेनरी विषयमा पढाइ हुन्छ भने नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीले अध्ययन गरिरहेका छन् ।







काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया