पोखरामा ‘उद्यम क्लिनिक’ सञ्चालन हुने
पोखरा।
पोखरा महानगरपालिकाभित्र उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक समस्याको सहजीकरणका लागि ‘उद्यम क्लिनिक’ सञ्चालन हुने भएको छ । उद्यम क्लिनिक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी पोखरा महानगर पालिका र पोखरा उद्योग वाणिज्य संघबीच सम्झौता भएको छ ।
सम्झौतामा पोखरा उद्योग वाणिज्य सङ्घका तर्फबाट अध्यक्ष गोकर्ण कार्की र महासचिव शोभा गौतम तथा पोखरा महानगरपालिकाका तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले हस्ताक्षर गरे।
सम्झौताको मुख्य उद्देश्य नवउद्यमी तथा व्यवसायीलाई व्यवसाय दर्ता, नवीकरण, कर शिक्षा र वित्तीय पहुँचजस्ता विषयमा एकै थलोबाट परामर्श र सहयोग उपलब्ध गराउनु रहेको आर्थिक शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
सम्झौताअनुसार पोखरा उद्योग वाणिज्य सङ्घले उद्यम क्लिनिक सञ्चालनका लागि आवश्यक स्थान (हल), प्रशासनिक सहयोग र भौतिक पूर्वाधार उपलब्ध गराउनेछ । व्यवसायीका गुनासा सङ्कलन गर्ने, करको दायरामा नआएकालाई सचेत गराउने र व्यवसाय विस्तारमा सहजीकरण गर्ने जिम्मा संघको हुनेछ ।
व्यवसाय प्रवर्द्धन केन्द्र (पोखरा महानगरपालिका) ले क्लिनिक सञ्चालनका लागि योग्य ‘क्लिनिक सञ्चालक’ को छनोट तथा नियुक्ति गर्नेछ । सञ्चालकको पारिश्रमिक, तालिम र क्लिनिकको अनुगमन तथा नियमनको जिम्मा महानगरले लिएको छ ।
दैनिक सेवा विवरण, सेवाग्राही सङ्ख्या तथा समस्या समाधानको अवस्था दुवै संस्थालाई नियमित प्रतिवेदन गर्ने व्यवस्था छ । सम्झौता एक वर्षसम्म मान्य हुनेछ र आपसी सहमतिमा म्याद थप गर्न सकिनेछ जनाइएको छ ।








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया