पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने वृहत् ‘पोखरा स्ट्रिट फेस्टिबल’ (सडक महोत्सव) को रौनक यस पटक अझ बढ्ने भएको छ । महोत्सवसँगै पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट २०८२’ सञ्चालन हुने भएको छ । यसका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसनबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराम लामिछानेले दिएको जानकारी अनुसार मार्ट डिसेम्बर २९ र ३० गते चल्नेछ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय उत्पादनको पहिचान दिने र बजार प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गर्न लागिएको हो ।
मार्टमा गण्डकी प्रदेशका विभिन्न जिल्लासहित रुकुम पूर्वका मौलिक उत्पादन एकै थलोमा अवलोकन गर्न पाइनेछ । लामिछानेका अनुसार नवलपुर, म्याग्दी, पर्वत, स्याङ्जा, कास्की, लमजुङ र रुकुम पूर्वका ‘ह्यान्डलुम’ उत्पादन र हस्तकलाका सामग्री (ह्यान्डि क्राफ्ट) प्रदर्शनीको मुख्य आकर्षण बन्नेछन् । स्थानीय सीप र कलालाई पर्यटनसँग जोड्न यो सहकार्य फलदायी हुने विश्वास बोर्डले लिएको छ ।







पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
यामाहाको ‘ब्लु क्याम्प’ सुरु : लेबर चार्जमा ५० प्रतिशत छुट, मर्मतमा सतप्रतिशत क्यासब्याकको अवसर
धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया