आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै

काठमाडौँ । मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै आज (बुधबार) विश्वभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि प्रभातफेरी, अन्तर्क्रिया तथा दीप प्रज्वलनलगायतका कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलका प्रमुखहरूले शुभकामना सन्देश दिएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडिएचआर) जारी गरेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिंग, भाषा, विचार, सामाजिक उत्पत्ति वा जन्मका आधारमा हुने भेदभावलाई अस्वीकार गर्दै सबै मानिस स्वतन्त्र र समान रहेको वकालत गरेको छ ।
नेपालमा यो दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ । नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुने र संगठन खोल्ने अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणका लागि २०७७ सालमा छुट्टै आदेशसमेत जारी गरेको छ ।
यसअघि मंगलबार मात्रै मानव अधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ र मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र, १९९८ ले प्रत्येक व्यक्तिलाई आफ्नो र अरूको अधिकारका लागि वकालत गर्ने स्वतन्त्रता प्रदान गरेको छ ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया