नेपाल अध्ययनका शिक्षकको दायित्व

शिक्षक नै सम्पूर्ण शैक्षिक प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्ष हो । कुनै पनि विधि प्रविधि उपकरण वा प्रक्रियाको सफलता एवं असफलता शिक्षकमा नै निर्भर गर्दछ । शिक्षक मात्र त्यस्तो व्यक्ति हुन् जसले आफैले निर्धारण गरेको लक्ष्य र उद्देश्य कति हदसम्म पूरा गर्न सकेका छन् भनेर मूल्यांकन गर्न सक्दछन् । सामाजिक अध्ययन तथा नेपाल नेपाल अध्ययन एउटा समग्र विषय हो ।
जसले मानिसका विगतका सफलता र असफलता वर्तमान समाजका गतिविधि तथा विश्वका घटनाहरुलाई समेट्छ । यो विषयले देशको सम्पूर्ण व्यवस्था र विश्वसँगको सम्बन्धको अध्ययन गराउँछ ।यसले समाजमा भइरहेका दिनप्रतिदिनका घटना तथा विश्वमा चालु र विगतका विषयह?लाई पुनरावृत्ति गर्दै समेट्छ । यति विशाल विषयलाई सफलतापूर्वक बढाउनका लागि विशेष योग्यता भएका शिक्षक हुन्छन् ।
सामाजिक अध्ययन र नेपाल अध्ययन नयाँ विषय भएकाले धेरै शिक्षकहरूले यसको वास्तविक प्रकृति बुझ्न सकेका छैनन् । अन्य विषयहरु भन्दा बढी यो विषय पढाउनको लागि राम्रो ज्ञान तालिम सजक पुरुष तथा महिला शिक्षकहरु आवश्यक पर्दछन् । निर्धारित विषयवस्तुका साथै शिक्षकले विद्यार्थीहरुमा दृष्टिकोण शिप्र रुचिहरू पनि विकास गरेर आउनुपर्ने हुन्छ । शिक्षकले बुद्धिमान जिम्मेवार र सचेत नागरिक उत्पादन गर्नुपर्छ । उनले कच्चा मानव साधनलाई राम्रोसँग समायोजित ,जानकारीयुक्त खुसी नागरिकमा रूपान्तरण गर्नुपर्छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका कार्यहरूमा सफल सहभागिता जनाउन सक्ने नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यी विषयका शिक्षक वास्तविक राष्ट्रका अभियन्ता हुन् ।
सामाजिक अध्ययन र नेपाल अध्ययनका शिक्षकबारे एच जी वेल्सले भनेका छन् शिक्षक नै इतिहासका स्रष्टा एवं अभिभावकका विकल्प हुन् । साथै एक साथी मार्गदर्शक सच्चा सहयोगी हुन् । यस्ता बहुआयामिक प्रकृतिका विषय को अध्ययन अध्यापन वास्तवमै महत्वपूर्ण रहेको यथार्थलाई मध्यनजर गर्दै पठनपाठनमा कार्यान्वयन गरिएको बुझ्न सकिन्छ । यी विषय मानव समाज र त्यसका विविध आयामहरूको एकीकृत रुप हो । कुनै पनि राष्ट्रको अस्तित्व कमजोर बनाउने परिपञ्च भनेको त्यो देशको भाषा र संस्कृतिमाथिको अदृश्य ढंगले प्रहार गर्नु हो । नेपालको विगत २५ वर्ष अगाडिदेखि बाट यो अभ्यास भएको पाइन्छ ।
नयाँ पुस्तालाई विदेशी भाषा संस्कृति प्रति ढाल्ने प्रक्रिया सुस्त गतिमा अगाडि बढ्दै गएको र राष्ट्रियता कमजोर बनाउने गतिविधिमा जिम्मेवार निकाय बेखबरको बहाना गर्दै उत्तरदायी विहीन बनेको पाइन्छ । विद्यालय तहमा सामाजिक अध्ययनको पठनपाठन एवं विश्वविद्यालय तहमा मानविकी संकायमा पठनपाठन गराउनुको उद्देश्य नयाँ पुस्तालाई जिम्मेवार दुर्गामी दृष्टि भएका नागरिक उत्पादन गर्ने प्रमुख लक्ष्यका साथ समग्र राष्ट्रप्रेमी दुर्गामी सोच भएका शिक्षाविदहरुबाट नै महत्वका साथ यसको परिकल्पना गरेको पाइन्छ ।
यसर्थ स्तो महत्व र उत्तरदायी नागरिक उत्पादन गर्न सहयोग पुर्याउने विषयको महत्व अत्यन्त गहिरो र बहुआयामिक राष्ट्र निर्माणसँग प्रत्यक्ष सम्बन्धित छ । विशेषगरी उच्च तहका विद्यार्थी शिक्षक नीति निर्माता वा अनुसन्धानकर्ताका लागि यसको भूमिका केवल पाठ्य विषयको रूपमा मात्र होइन समाज व्यवस्था बुझ्ने वैज्ञानिक उपकरणको रुपमा बुझ्नु आवश्यक हुन्छ । यस्ता बहुआयामिक विषयका रूपमा अध्यापन गराउने शिक्षकहरूमा शिक्षा र बाल मनोविज्ञानको प्राप्त ज्ञान, सामाजिक विज्ञान र चालु घटनाहरूको ज्ञान साथै बृहत्तर ज्ञानसागरको आवश्यकता पर्दछ । व्यापक ज्ञान र अनुसन्धानमूलक प्रक्रियासँग परिचित व्यक्ति मात्रै यी विषयको पठनपाठनमा उपयुक्त हुने देखिन्छ । नेपालमा सामाजिक विषय एवं नेपाल अध्ययनको महत्व साथै शिक्षकको भूमिकालाई यस प्रकार प्रस्तुत गर्न सकिन्छ ।
१. राष्ट्र निर्माण र नागरिक सचेतनाको भावना विकास गर्नेः विषय पठनपाठन गराउने अध्यापकहरूले नेपालजस्तो विविधतायुक्त राष्ट्र जस्तै बहुभाषिक बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक नागरिकहरू बीचमा राष्ट्रिय एकता साझा पहिचान नागरिक कर्तव्य र दायित्व बोध गराउन अत्यन्त महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । यसले विद्यार्थीलाई संविधान लोकतन्त्र विधिको शासन निर्वाचन मानवअधिकार बुझाएर उत्तरदायी नागरिक तयार पार्छ ।
बहुआयामिक विषयका रूपमा अध्यापन गराउने शिक्षकहरूमा शिक्षा र बाल मनोविज्ञानको प्राप्त ज्ञान, सामाजिक विज्ञान र चालु घटनाहरूको ज्ञान साथै बृहत्तर ज्ञानसागरको आवश्यकता पर्दछ
२. सामाजिक संरचना विविधता सामुदायिक सह अस्तित्व बुझाउनेः विद्यालय एवं विश्वविद्यालयमा पठनपाठन गराउने हरेक विषयको आफ्नो महत्व र आवश्यकतालाई नजरअन्दाज गर्न मिल्दैन । सामाजिक अध्ययन एवं नेपाल अध्ययनको वास्तविक प्रयोगशाला भनेको आफ्नो टोल छिमेक समाज राष्ट्र र विश्व हो जहाँ कि विज्ञानको प्रयोगशाला एउटा कक्षमा मात्र प्राय सीमित हुन्छ । हाम्रो मुलुकमा भाषा संस्कृति जाति भौगोलिक विविधता उच्च छ । यी विषयले सामाजिक पहिचान सद्भाव सहिष्णु समाजको निर्माणको आधार तयार पार्दछ ।
३. आर्थिक विकास योजना र अवसर पहिचानको आधारः मुलुकको वास्तविक अर्थतन्त्र बुझ्ने एवं कृषिप्रधान श्रममा आधारित वैदेशिक रोजगार केन्द्रित रहेको यथार्थ हाम्रो सामु प्रष्ट छ । यसर्थ यी विषयले आर्थिक प्रणाली राष्ट्रिय योजना प्रदेश योजना स्थानीय योजना बजेट स्रोत साधनको परिचालन स्थानीय अर्थतन्त्र उद्यमशीलताको ज्ञान दिँदै विद्यार्थीलाई रोजगारका अवसर उद्यम विकास आयआर्जनका वैकल्पिक उपाय अपनाउन अभिप्रेरित गर्नुपर्दछ ।
४. भौगोलिक चेतना एवं प्राकृतिक स्रोत साधनको वैज्ञानिक उपयोग गर्न प्रेरितः नेपाल विश्व मानचित्रमा हेर्दा एक थोपा पानीले ओगटे जति भूभाग ओगटेको देखिन्छ । तर पनि यहाँ व्यापक भौगोलिक विविधता हिमालदेखि तराईसम्म फैलिएको जटिल भौगोलिक स्वरूप रहेको छ । यी विषयले भूस्वरूप तथा रचना जलवायु जोखिम जस्तै भूकम्प पहिरो बाढी जैविक विविधता वातावरण संरक्षण प्राकृतिक स्रोत साधनको उपयोग बारे वैज्ञानिक दृष्टिकोण निर्माण गर्दछ । साथै वातावरण व्यवस्थापन र दिगो विकासका निर्णयमा सचेत नागरिक उत्पादन गर्छ ।
४. राजनीतिक एवं इतिहासको चेतनाको गहिरो विकासमा उपयोगः आफ्नो राष्ट्रको विगत र वर्तमानलाई बुझ्न इतिहास परम्परा राजनीतिको उतारचढाव राष्ट्रको उत्पत्ति र परिवर्तन लोकतान्त्रिक सङ्घर्ष शासन व्यवस्थाका चरणहरू संविधान विकास राष्ट्रिय नेतृत्वमा योगदान विश्लेषणात्मक सोच राजनीतिक चेतना र लोकतान्त्रिक मूल्य मान्यताप्रति आस्था जगाउने आधार प्रदान गर्दछन् ।
६. सामाजिक समस्या पहिचान एवं समाधानमा क्षमता विकासः हरेक युवा एवं युवती आफ्नो टोल समुदाय समाज राष्ट्रमा प्रचलित सामाजिक समस्याको पहिचान गर्न सक्ने जस्तै लैङ्गिक समानता बालविवाह दाइजो गरिबी मानव बेचबिखन पेश्यावृत्ति भ्रष्टाचार बैरोजगार वर्गीय समानता वातावरणका समस्या जस्ता समस्या वैज्ञानिक ढंगले बुझ्ने एवं समाधान खोज्न यी विषयले ज्ञान प्रदान गर्दछन् । यसैसँग प्रेरित हुँदै व्यावहारिक सिप अनुसन्धान तथ्य विश्लेषण निर्णय क्षमता तथ्य संकलन डेटा विश्लेषण नक्सा अध्ययन सांख्यकीय व्याख्या प्रतिवेदन लेखन वैज्ञानिक तर्क प्रस्तुत गर्ने कौशल निर्माण गर्दछन् यस्ता सिपहरु उच्च शिक्षा प्रशासन अनुसन्धान विकास योजना जस्ता क्षेत्रमा मार्ग निर्देशक बन्दछन् ।
७. युवा पुस्तामा नेतृत्व सहभागिता र रूपान्तरण क्षमता अभिवृद्धिः सामाजिक अध्ययन र नेपाल अध्ययनले युवा वर्गलाई नेतृत्व कौशल सामुदायिक सहभागिता सामाजिक अभियान सञ्चालन नीति निर्माणमा सक्रियता भएका चासो राख्ने सुझबुझ नागरिक उत्पादन गर्न प्रेरित गर्दछ । देशलाई विश्व बजारमा अब्बल राष्ट्र स्थापित गर्न यही युवा वर्गलाई दिशा निर्देश गर्दछ ।
८. दिगो विकास विश्व परिवर्तन विश्व नागरिकताको सकारात्मक दृष्टिकोणः एकल जीवन पद्धतिबाट सुरुवात भएको मानव सभ्यता आज सिमानाविहीन बनिरहेको छ । सन् २००० मा संयुक्त राष्ट्र संघको महासभाले सहश्राब्ध विकास लक्ष्य को कार्यक्रम तय गर्दै कार्यान्वयन गरेको थियो । यसको अवधि समापनसँगै राष्ट्रसङ्घको महासभाले २०१५ मा दिगो विकासका लक्ष्य लाई आत्मसाथ गरी कार्यान्वयनमा ल्याएको यथार्थका बारेमा प्राय सबैमा विज्ञता रहेको छ । यसर्थ आज विश्व कुनै निश्चित भूगोलमा मात्र सीमित छैन भन्ने सन्देश सहित अन्तर्राष्ट्रिय सम्बन्ध विश्वव्यापीकरण विश्व राजनीति प्रति सचेत आम नागरिक उत्पादन गर्दै वैश्विक अवसरको सही सदुपयोग गर्ने विश्वव्यापी नागरिक बन्न प्रेरित गर्दछ ।
९. नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्ने नागरिक तयार पार्नेः सामाजिक अध्ययन र नेपाल अध्ययनको पठनपाठन गराउने लक्ष्य एवं उद्देश्य भनेको नेपालको परापूर्वकालदेखि वर्तमान सबैसम्म अवलम्बन गरेका परराष्ट्र नीति त्यसका तत्व विशेषता निर्देशक सिद्धान्त सम्बन्ध वैदेशिक सहायता अन्तर्राष्ट्रिय सम्बन्ध र यसको औचित्य असंलग्नता आन्दोलन क्षेत्रीय संगठन दिपक्षीय बहुपक्षीय सन्धि र सम्झौता संयुक्त राष्ट्र संघ यसको उपादेयता बुझ्ने विश्लेषण गर्ने आवश्यकता अनुसार परिमार्जनका रणनीति वकालत गर्ने विश्वव्यापी नागरिक साथै वर्तमानमा कहिँ कतै हामी अपमानित भएको छ भन्ने विषयका सन्दर्भमा कुटनीतिक ढंगले पस्कन सक्ने नैतिक चरित्रवान अनुशासित राष्ट्रप्रेमी आत्मसम्मान र गौरव अनुभूति भएका नागरिक बनाउन प्रेरित गर्नु रहेको छ ।
१०. विद्यालय एवं विश्वविद्यालय माजसम्म सार्थक योगदान पु¥याउने प्रमुख आधारः सामाजिक अध्ययन र नेपाल अध्ययनले विद्यार्थीसँगै अध्यापक नीति निर्माता र समुदायलाई सामाजिक परिवर्तनका सिद्धान्त व्यावहारिक नीति कार्यान्वयन विकेन्द्रिक शासन प्रणाली नागरिक सहभागितामूलक विकास सम्बन्ध जस्ता दृष्टिकोणको वैज्ञानिक आधार निर्माण गर्न हयोग पुर्याउँछन् ।
यसर्थ नेपालको सन्दर्भमा सामाजिक अध्ययन र नेपाल अध्ययन विषय केवल ज्ञान प्राप्तिको साधन होइन राष्ट्र निर्माण सामाजिक स्थायित्व दिगो विकास मार्गदर्शक विषय भएकाले यी विषयले विद्यार्थीलाई विचारशील समीक्षक दिगो विकासमा समर्पित नैतिक जिम्मेवार नागरिक तयार पार्ने राष्ट्रिय उपकरण हुन् ।
यी विषय बहुआयामिक र राष्ट्र निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । केही गम्भीरतालाई मध्यनजर गर्दै यी विषय पठनपाठन गराउने अध्यापक वर्ग केवल परीक्षामुखी भएर दायित्वबाट विचलित हुन मिल्दैन । व्यवहारिक पक्ष सँग पनि साक्षात्कार गर्दै लानु अपरिहार्य देखिन्छ भाषागत नजरअन्दाज एवं विषयलाई अध्यापक वर्गबाट हाउगुजी सृजना गर्ने गलत प्रवृत्तिबाट माथि उठीअघि बढ्नुपर्ने देखिन्छ । विषयको मर्म र वास्तविकता बाट उम्कन कोही कसैलाई छुट छैन । यसर्थ सामाजिक विज्ञानका अधिकांश विषयको ज्ञान भएका अध्यापक ले आफ्नो पेशाको मर्यादा र नैतिकता लाई थाती राख्दै उच्च दक्षताका साथ आजको पठन संस्कृति विचलित भएको समाजका बालबालिका एवं युवा युवतीलाई सही मार्ग निर्देश गर्न चुक्नु हुँदैन ।
सामाजिक अध्ययन र नेपाल अध्ययनका शिक्षकका गुणहरु :
कुनै पनि शैक्षिक कार्यक्रमको सफलता वा सफलता सक्षमको गुणस्तरमा निर्भर हुन्छ । पाठ्यक्रम अध्ययन विधि पठन सामग्री उपकरण राम्रो कक्षा कोठा असल वातावरण हरेक व्यक्तिको सामूहिक उत्तरदायित्व राम्रो व्यवस्थापन अनुगमनले पनि शिक्षणको सफलता सुनिश्चित गर्छ । यी सबै कुरा त्यतिबेला मात्र प्रभावकारी हुन्छन् जब शिक्षकसँग योग्यताको गुण हुन्छ । सर्जन एडम्सका शब्दमा यदि “शिक्षक वास्तव मै मानव निर्माताको भूमिका निभाउन चाहन्छन् भने साथै को उनीसँग व्यक्तित्व चरित्र र बुद्धिमत्ताको गुण हुनुपर्छ“ । शिक्षकसँग सबै ग यस गूण नहुन सक्छन् तर उनले सकेसम्म धेरै गुण आत्मसाथ गर्न प्रयत्न गर्नुपर्छ ।
सामाजिक अध्ययन र नेपाल अध्ययनका शिक्षकका प्रमुख गुणहरू
१. शारीरिक गुणहरूः राम्रो व्यक्तिगत रूप रङ्ग र प्रस्तुति, राम्रो स्वास्थ्य अवस्था, स्पष्ट र मधुर आवाज
२. नैतिक गुणहरूः मित्रता सहानुभूति र बुझाइ, इमान्दारी सत्य निष्ठा र निष्पक्षता
३. मनोवैज्ञानिक गुणहरूः कुशलता धैर्यता र आत्मनियन्त्रण, स्वस्थ मानसिक अवस्था, हाँसोको भावना ।
४. सामाजिक गुणहरूः विश्व नागरिकतामा विश्वास, लोकतान्त्रिक विश्वास ।
५. कार्यकारी गुणहरूः पहल र उपाय खोज्ने क्षमता, संगठन र निर्देशन गर्ने क्षमता ।
६. शैक्षिक योग्यताः विषयको गहिरो ज्ञान, सामान्य र उदार शिक्षाको पृष्ठभूमि, मौलिकता ।
७. व्यावसायिक पृष्ठभूमिः व्यावसायिक दृष्टिकोण, व्यावसायिक तालिम, सुधार गर्न चाहने मनोवृत्ति ।
८. राम्रो सम्बन्धः विद्यार्थी सहकर्मी समाजसँग राम्रो सम्बन्ध राख्ने गुण ।
विश्व परिवेशलाई गहिरो अध्ययन गर्दा संयुक्त राज्य अमेरिकाबाट सुरुवात भएको विषय सामाजिक अध्ययन र यसको उपादेयता आज दिनप्रतिदिन चासो र महत्त्वपूर्ण बनिरहेको छ । आजका नयाँ पुस्ता एवं बालबालिका आफ्नो परिवार टोल छिमेक समुदाय राष्ट्र बाट दिनप्रतिदिन एकल बन्दै गइरहेको अवस्था गुन्जायस भएको अनुभूति सर्वत्र गरिएको छ । जिम्मेवार बहन गर्ने नागरिक उत्पादन मा प्रत्यक्ष एवं परोक्ष जोडिएका यी दुई विषय सामाजिक अध्ययन र नेपाल अध्ययन व्यवहारिक ढंगले पठनपाठन गराउने अध्यापक वर्ग को चनाकोपन एवं जिम्मेवारी थपिँदछ ।
नतिजा उन्मुख हुँदै व्यावहारिक जीवनसँग प्रत्यक्ष साक्षात्कार गराउने भूमिका यी विषयका शिक्षक शिक्षिकाहरू आफ्नो जिम्मेवारीबाट उम्कन मिल्ने अवस्था छैन । आफूलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउँदै विषयवस्तुको गहिरो अध्ययन एवं अनुभूति गर्दै आफूलाई कर्मठ पेशाकर्मी निर्माण गर्दै इमान्दारपूर्वक खट्नुपर्ने आवश्यकता देखिन्छ । यी विषयलाई काम चलाउने प्रवृत्तिबाट जिम्मेवार व्यक्तित्व अरु पनि माथि उठे होस्टेमा हैसे गर्दै सबैको चासो र सरोकारको विषयलाई अति महत्त्वका साथ साक्षात्कार गर्न सबैको सामूहिक प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन ।








पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया