पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान

समाधान संवाददाता २०८२ मंसिर २४ गते ११:५१

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन सोमबार त्यसतर्फ लागेका छन् ।

अध्यक्ष कार्की नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै चीनको चुनकिङम आयोजिना हुने उद्योग वाणिज्य महासंघहरुको संगठन एलायन्स अफ दी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ दी न्यू इन्टरनेसनल ल्यान्ड सी ट्रेड करिडर (आइएलएसटीसी) को बैठकमा भाग चीन गएका हुन् ।


आइएलएसटिसी चीनले रोड एन्ड बेल्ट परियोजनामा समेटिएका देशहरुमा रहेका उद्योग वाणिज्य संघहरुलाई समेटेर निर्माण गरेको संस्था हो । यो संस्थाले जमिन तथा समुन्द्र हुँदै गरिने व्यापारमा सहजीकरण गर्ने छ भने नयाँ सम्भावनाको समेत खोजी गर्ने छ ।

Advertisement

अध्यक्ष कार्कीले सो सम्मेलनमा नेपालको निजी क्षेत्र अर्थात् नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट सहभागिता र सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष कार्की चीन प्रस्थान गरेसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले सम्हालेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया