तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिने, आजको बैठक महन्त ठाकुरले चलाउने
समाधान संवाददाता
२०७६ माघ ६ गते ११:५१

समाधान संवाददाता, काठमाडाैं
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने तयारी गरेकी छन्।
संसद सचिवालय स्रोतका अनुसार उनले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी हुन्।
संसदको बैठक १ बजे बस्दैछ।
संसद बैठक सुचारू हुनुभन्दा पहिला राजीनामा दिने संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए।
आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।
यसअघि नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
बैठकले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको थियो।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया