एमालेमा पदाधिकारी संख्या नबढ्ने, १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने

पोखरा । नेकपा (एमाले) को सचिवालय बैठकले विधान महाधिवेशनबाट पारित विधानअनुसार नै नेतृत्व चयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले पदाधिकारी संख्या हेरफेर नगर्ने र विधानको सर्वोच्चता कायम राख्ने निष्कर्ष निकालेको हो ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार अब पार्टीमा १५ जना पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । महाधिवेशन सञ्चालनका लागि हालका सबै पदाधिकारी सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । यस्तै, प्रस्ताव र माइन्युट लेखनका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
बैठकले महाधिवेशनका लागि ५ प्रतिशत मनोनीत कोटाअन्तर्गत १ सय ८ जना प्रतिनिधि छनोट गरेको छ । ११औं महाधिवेशनको उद्घाटन शनिबार मध्यान्ह १२:३० बजे भक्तपुरको सल्लाघारीमा हुने तय भएको छ ।
बैठकले गत मंसिर २४ गते सरकारले ‘जेनजी’ आन्दोलनका प्रतिनिधिसँग गरेको भनिएको सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर संविधान संशोधन गर्ने सम्झौता गरेको भन्दै एमालेले आपत्ति जनाएको ज्ञवालीले बताए ।








फागुन २१ को चुनाव रोकिँदैन, ७० प्रतिशत कैदीबन्दी फिर्ता आए : गृहमन्त्री अर्याल
पूर्वेलीलाई पोखरेलीको निम्तो : घुम्न आउनुस्, स्वागत गर्न तत्पर छौं
एमालेको महाधिवेशन : पुस १ गते मात्रै मतदान
सम्पादकीय—एमाले महाधिवेन र निर्वाचन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया