जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् । आगामी कार्यकाल (२०८२/२०८५)को निम्ति अध्यक्ष तथा सदस्यको लागि भएको निर्वाचनमा २ सय ७ मत ल्याएर पहारी निर्वाचित भएका हुन् । अध्यक्ष पहारी क्याम्पसका सिनेटर तथा पूर्व कोषाध्यक्ष हुन् । सञ्चालक समितिका अध्यक्षका अर्का प्रत्यासी विष्णुप्रसाद बरालले १ सय ७३ मत ल्याएका छन् ।
निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालका अनुसार अध्यक्ष पदमा ३ सय ८६ मत खसेकोमा ६ मत बदर भएको छ । क्याम्पस सञ्चालक समितिका सदस्यमा ११ जना निर्वाचित भएका छन् ।
निर्वाचित हुने सदस्यमा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरिराज चालिसे, इन्द्रप्रसाद पौडेल, इञ्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल, विश्वकुमार विजुक्छे, पदमबन्धु पोखरेल छन् । क्याम्पसको सञ्चालक समितिको सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो ।
अध्यक्ष पहारीले क्याम्पसको समृद्धि, सुशासन र शैक्षिक उत्कृष्टताका लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाए ।








शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण
जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया