उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी

समाधान संवाददाता २०८२ मंसिर २८ गते १३:१७

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको अर्घौ कृषि सहकारी संस्थाले आफनो लागनी उत्पादनतर्फ गर्ने निधो गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभाका अधिकांश वक्ताले सेयर सदस्यको आयआर्जन वृद्धि गर्नका लागि कृषि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।

संस्थाले नाम सुहाउँदो उपयुक्त कृषि फर्म सञ्चालन गर्ने योजनासमेत अघि बढाएको छ । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य गणेशभत्त अधिकारीले हरेक सहकारीले स्थानीय हावापानी र सम्भाव्य ठाउँ खोजी गरी एक सहकारी एक उत्पादनलाई अगाडि बढाउन सके सहकारी क्षेत्रमा समस्या नआउने जनाए ।

संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणदत्त बस्ताकोटी, सेयर सदस्य नेत्रपाणि बास्तोला, विष्णुकुमारी खत्री, उपाध्यक्ष पार्वती सिग्देल लगायतले बोलेका थिए ।

Advertisement

समारोहमा ज्येष्ठ सेयर सदस्यहरु मंगली कामी र रुद्रप्रसाद दाहाल साथै सेयर सदस्य हरि बस्ताकोटी, लेखनाथ उद्योग बाणिज्य संघको कोषाध्यक्ष र प्रभाकुमारी पौडेल सदस्यमा निर्वाचित भएकाले सम्मान गरिएको छ । सभाले सचिव हरिबहादुर लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त अधिकारीको आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य इन्दिरा ढुंगानाको लेखा प्रतिवेदनको प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया