हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा

पोखरा ।
महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हुँदै आएको हाइकिङ भाग–६५ तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ को हर्षपुरमा सम्पन्न भएको छ । स्थानीय बालकुमार श्रेष्ठसहितको स्थानीय आमा समूहले हर्षपुर डाँडागाउँको भ्युटावरमा पञ्चेबाजा बजाएर हाइकर्स समूहलाई स्वागत गरेका थिए । समूहलाई स्वागत गर्दै पर्यटन बजारमा बामे सर्दै गरेको हर्षपुरलाई आफ्नो यात्राको गन्तव्य बनाएकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिँदै हर्षपुर गाउँको व्यापक प्रचारप्रसार गर्न अनुरोध गरे । केही वर्षदेखि गाउँमा होमस्टे सञ्चालन सुरु गरेपछि आन्तरिक पर्यटनको वृद्धि हुनुका साथै पक्की बाटो गाउँले पाएको अनुभव व्यक्त गरे ।
सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी पोखराका विभिन्न स्थानबाट जम्मा भएका नियमित हाइकिङ गर्ने र पहिलो पटक हाइकिङमा सहभागी भएका ३८ जनाले पृथ्वीराजमार्गको म्याग्दे–७, थर्पु, घुम्तीबजारबाट पैदल यात्रा सुरु गरी सोही वडाको हर्षपुर डाँडागाउँ भ्युटावरसम्म हाइकिङ गरेका थिए ।
यसअघि क्लबका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सल्लाहकार जुना गुरुङलगायत सहभागीलाई स्याङ्दे टोलविकास संस्था, संगम टोलविकास संस्था, धोबीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, स्याङ्दे वडहरे समीडाँडा आमा समूहले अबिर, पुष्पगुच्छाले स्वागत गरेका थिए ।
क्लबका अध्यक्ष कृष्ण रानाभाटले हाइकर्स क्लबको स्थापना, क्लबले ग्रामीण पर्यटनमा पु¥याएको योगदानको चर्चा गर्दै हाइकिङ गरी पुगेका स्थानहरूका बारेमा बोले ।
धोबीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्तमान श्रेष्ठ र स्याङ्दे टोलविकास संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले पदयात्रामा सहजीकरण गर्दै आरी रह, खुर्सानी रह, मिलिजुली सामुदायिक वन, ऐतिहासिक कुवाको बारेमा जानकारी दिए । क्लबको आयोजनामा तनहुँ जिल्लाका भिमाद नगरपालिकाको ध्याङ्चलुम र सिद्ध गुफा, शुक्लागण्डकी नगरपालिकाको थर्पेक, म्याग्दे गाउँपालिकाको किल्चोक, बहपुर, व्यास नगरपालिकाको मानुङकोट, शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँमा हाइकिङ भइसकेको छ ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया