मध्यपश्चिम विश्वविद्यालय र लेकसिटी कलेजका विद्यार्थीले साटे अनुभव

पोखरा ।
पोखराको लेकसिटी कलेज र सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीले आपसमा शैक्षिक अनुभव साटासाट गरेका छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सामाजिक कार्य तथा पत्रकारिता पढ्ने र मध्यपश्चिम विश्वविद्यालयमा सामाजिक कार्य (छैटौं सेमेस्टर) पढ्ने विद्यार्थीबीच सोमबार पोखरामा अन्तक्र्रिया भएको हो ।
कार्यक्रममा दुवै संस्थाका विद्यार्थीले आ–आफ्ना पाठ्यक्रम र अभ्यासबारे खुला छलफल गरे । छलफलका क्रममा मध्यपश्चिमका विद्यार्थीले लेकसिटीको ‘पढ्दै कमाउँदै’ अभियानको प्रशंसा गरे । लेकसिटीका विद्यार्थीले भने मध्यपश्चिम विश्वविद्यालयको हरेक सेमेस्टरमा अनिवार्य ‘इन्टर्नसिप’ गर्ने व्यवस्थालाई उदाहरणीय अभ्यासका रूपमा लिए । उनीहरूले सामाजिक कार्य पढ्नुको कारण, चुनौती, क्याम्प र विभिन्न गतिविधिबारे अनुभव बाँडे ।
अन्तक्र्रियाका लागि लेकसिटीका ५ र मध्यपश्चिमका १ जना विद्यार्थी रहने गरी समूह बनाइएको थियो । छलफलको निष्कर्ष मध्यपश्चिमका विद्यार्थी सुष्मा तिवारी, स्वस्तिका पौडेल, अमृता आचार्य, निशा ओली, सुनीता बुढा, सुमन थापा र खगेन्द्र गहाले प्रस्तुत गरे । लेकसिटीका विद्यार्थीले पनि समूहगत निष्कर्ष सुनाए ।
यसअघि कार्यक्रमको सुरुमा लेकसिटीका चौथो वर्षका विद्यार्थी सम्झना भट्टराई र अस्मिता रानाभाटले कलेजको चिनारी र गतिविधिबारे प्रस्तुति दिए । मध्यपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक डा. धनुषचन्द्र पाठकले आफ्नो विश्वविद्यालयको सामाजिक कार्य विभागले गर्ने अभ्यासबारे जानकारी गराए ।
कार्यक्रममा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान भयो । डा. पाठक र मध्यपश्चिमविश्वविद्यालयलाई लेकसिटी कलेजका तर्फबाट उपप्राध्यापक अनिश पौड्यालले मायाको चिनो अर्पण गरे । लेकसिटी कलेज गण्डकी प्रदेशमा सामाजिक कार्य विषय अध्यापन गराउने एकमात्र संस्था हो । यस्ता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान र आत्मविश्वास बढाउने सहभागीले बताए ।
शब्द: सन्देश शर्मा . तस्बिर : सन्देश सुवेदी








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया