एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
समाधान संवाददाता
२०८२ पुष १ गते ५:४७

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोग र लेखा आयोगको नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि दुवै आयोगका अध्यक्ष निर्विरोध भएका हुन् ।
केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी निर्विरोध निर्वाचित भए । सोही आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध चयन भएका छन् ।
त्यस्तै, केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित भएका छन् । उनको पनि एकल उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगका पदाधिकारी निर्विरोध भए पनि सदस्यमा भने चुनाव हुने देखिएको छ । अनुशासन आयोगका २२ जना सदस्य पदका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया