लजी लन्ड्री लाउन्ज सञ्चालनमा

काठमाडौं ।
सिजी इलेक्ट्रोनिक्सले आफ्नो साझेदार क्लासी क्लिनसँग मिलेर एलजी ब्राण्डद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौंको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ । लन्ड्री लाउन्ज भनेको एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो ।
एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरण र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नवीन अनुभव प्रदान गर्दछ ।
लन्ड्री लाउन्जको सञ्चालन सिजीका साझेदार क्लासी क्लिनले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्छ ।
एलजीका कमर्सियल लन्ड्री मेसिनले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन् । ड्रायरले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन् ।
ग्राहकले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन् । ड्रप अफ र पिक अप सुविधा समेत उपलब्ध छ । यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनद्वारा संयुक्त रूपमा गरिएको हो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया