फेदीमा दोभान कप सुरु

पोखरा ।
रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाट खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ ।
रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुदको विकासका लागि हातेमालो गर्दै आइरहेको बताइन् ।
आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस प्रतियोगिताले पालिकाको सोचअनुसार खेलकुदको विकासमा टेवा पुगेको बताइन् । फुटबलसंगै अन्य खेलकुद प्रतियोगिताको आयोजना गर्न आवश्यक रहेको उनले सुनाइन् । कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले सुनाइन् ।
वडा ५ का वडाध्यक्ष राजन खनालले क्लबले ऐतिहासिक प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुद युवाको मेरुदण्डको रुपमा रहेको रुपा खेलकुदमा पहिचान थप्ने नयाँ आयाम थपिएको बताए । वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाकै युवाको नेतृत्वमा नविनतम कार्य गर्न आवश्यक रहेको सुनाए ।
रुपा ६ का वडाध्यक्ष नारायण गुरुङले क्लबले गुर्नपर्ने दायित्व र खेल्नुपर्ने भूमिका दोभान क्लबले पुरा गरेको सुनाए । उनले पहिलो पटक पालिकाभित्र फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुदले स्वास्थ्य र सद्भाव कायम गर्नुपर्ने भन्दै एक वडा एक खेल मैदानको अभियान चालेको बताए ।
खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । दोभान क्लब विभिन्न काल खण्डमा सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आइरहेको र अब फुटबलमा समेत पालिकालाई अब्बल बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदीले खेलकुदले युवाहरुलाई जोड्ने बताउँदै क्लबले खेलकुदलाई प्राथमिकता दिदाँ खुसी लागेको बताए ।
दोभान क्लबका अध्यक्ष सुरज श्रेष्ठले रुपा गाउँपालिकामा फुटबल खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । रुपामा भलिबलको पहिचान हुनेगरेपनि फुटबलमा पहिचान नभएको र पहिचान स्थापित गराउने मुख्य लक्ष्य रहेको उनले सुनाए । अब युवाहरु भलिबलमा मात्र नभइ फुटबलमा समेत आकर्षित हुने उनको विश्वास रहेको छ ।
२१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।








पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया