अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान

पोखरा । पोखरा महानगरपालिकाले ६७औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । उनीहरुलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले सम्मान गरिएको हो ।
नेपथ्य ब्याण्डका गायक तथा संगीतकार अमृत गुरुङ, पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरु, उद्यमशीलताबाट रामकली खड्का र उद्योगी हरि पाण्डेलाई सम्मान गरिएको छ ।
महानगरले यसअघि २०५५ र २०५९ सालमा सम्मान गरिएको थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था छ।
यसबाहेक फौजदारी अभियोगमा कसुरदार नठहरिएको, उच्च नैतिक चरित्र भएको, पोखरामा बसोबास गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिभा प्रदर्शन गरेर पोखराको पहिचान अभिवृद्धि गरेको व्यक्तिलाई रत्न सम्मानका लागि छनोट गरिएको समितिका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हालसम्म ३० जनाले नवरत्न सम्मान प्राप्त गरेका छन् ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया