सिजी ब्रान्डद्वारा योजना सार्वजनिक
मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर

पोखरा । सिजी ब्रान्डले आईसीसी टी–२० वर्ल्डकपमा नेपालको खेल मुम्बईस्थित रङ्गशालामै पुगेर प्रत्यक्ष हेर्न पाइने आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब पालो टी–२० वर्ल्डकपको’ भन्ने उत्साहलाई थप उचाइमा पुर्याउन सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ तथा ‘लेभलअप! विथसिजी’ भन्ने मूल नाराका साथ यो नयाँ उपहार योजना ल्याएको हो ।
आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका सामान खरिदमा हातखाली नजाने पक्का उपहार र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउने छन् । कम्पनीका अनुसार बम्पर उपहारका विजेताले आईसीसी टी–२० वर्ल्डकपअन्तर्गत मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्ने छन् । यो योजनामा सहभागी हुन ग्राहकले मोबाइलको म्यासेज बक्समा गई सिजी (स्पेस) वारेन्टी कार्ड नम्बर (स्पेस) प्रोडक्टको नाम (स्पेस) ग्राहकको नाम (स्पेस) ठेगाना टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्ने छ । यसरी प्राप्त म्यासेजहरूमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।
विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्ने छन् । यस भ्रमण प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने ‘नेपालको खेलको टिकट समावेश गरिएको’ कम्पनीले बताएको छ ।
बम्पर उपहारबाहेक सिजी ब्रान्डका विभिन्न उपकरणको खरिदमा ग्राहकले हातखाली नजाने गरी विभिन्न पक्का उपहारसमेत प्राप्त गर्न सक्ने छन् । जसअनुसार माइक्रोवेभ ओभनको खरिदमा निःशुल्क कुकिङ किट र सिजी तथा सिजी मेरिडियाको ४३ इन्चभन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी सब्स्क्रिप्शन पाइने छ । त्यसैगरी सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिनको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ । देशभर २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ । साथै ग्राहकको सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट सिजीडिजिटल डट कम डट एनपीमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ । यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै सिजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको कम्पनीको दाबी छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया