राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल

समाधान संवाददाता २०८२ पुष २ गते २०:३९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सातवटै प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बुधबार (पुस २ गते) सातै प्रदेशको राजधानी रहेका जिल्लाहरूमा मतदान स्थल र केन्द्र तय गरिएको हो ।

आयोगको निर्णयअनुसार कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान स्थल तोकिएको छ । मधेस प्रदेशका मतदाताले जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान गर्ने छन् ।

Advertisement

बागमती प्रदेशका लागि हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ । गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र रहने छ ।

लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र र कर्णाली प्रदेशका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरलाई मतदान स्थल तोकिएको आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशको हकमा भने कैलालीस्थित प्रदेश सभा भवन परिसर, धनगढीलाई मतदान स्थल तोकिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया