विद्यार्थीलाई हेमजा युनाइटेडको साथ

पोखरा ।
हेमजा युनाइटेड पोखरा २५ हेमजाले सोमबार विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरेको छ ।
युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा २५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई कापी, कलम लगायतका स्टेसनरी र न्यानो कपडा वितरण गरेको हो । विद्यालयका ४२ विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लबका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकताबारे जानकारी दिनुका साथै सहयोगको पूर्ण सदुपयोग गर्ने वाचा गरे ।
युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले वार्षिक क्यालेन्डर अनुसार खेलकुदसँगै मासिक रुपमा सामाजिक हितका लागि विभिन्न कार्य गर्दै आएको सुनाए । प्रविधियुक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै उनले आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि संस्था तयार रहेको जनाए ।
कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकारी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायणबहादुर कुँवर, प्रधानाध्यपक ईन्द्रकुमारी पुन, क्लबका सचिव महादेव अधिकारी लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया