बरिष्ट कलाकार बीएस राणाकाे निधन

समाधान संवाददाता २०७५ माघ १८ गते १२:५८

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

राणाको केही समयदेखि बिरामी थिए । राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । वि.सं २०४१ सालमा बनेको अन्याय चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।

Advertisement

बीएस राणा श्री ३ जंग बहादुर राणाका पाँचौं पुस्ता हुन् । उनी जंगबहादुरका सात भाई मभ्येका कान्छा धीर शमशेरका १७ भाई छोरा मध्ये भीम शमशेरका पनाती हुन् ।

उनको पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया