दोभान कपमा पहिलो चरणका खेल

पोखरा ।
रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेल भएका छन् । बिहीबार ७ खेल भएसँगै पहिलो चरण सकिएको हो ।
रुपा गाउँपालिका ६ भीरचोक स्थित खेल मैदानमा जारी प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल अन्तर्गत पहिलो खेलमा सिन्के फुटबल क्लबले दोभान क्लबलाई ३–० गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । दोस्रो खेलमा ब्रदर एफसीले नानु एफसीलाई १–० ले हरायो । तेस्रो खेलमा न्युस्टार ‘बि’ ले योङ्ग ब्वाइलाई ७–१ को फराकिलो गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चौथो खेलमा योङ्ग स्टार ‘ए’ ले विजी गाइजलाई ७–० को फराकिलो अन्तरले हरायो । पाँचौ खेलमा रामघाटले रामबजारलाई १–० गोलले हरायो । छैटौं खेलमा खेम माइला मेमोरियलले धारापानीलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । तेस्रो दिनको अन्तिम खेलमा रामघाटले मुलमिललाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तरगत प्रिक्वाटर फाइनलको १ खेल हुनेछ भने बाँकी खेल क्वाटर फाइनलका हुनेछन् । २४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ५० हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया