एकता माविमा शैक्षिक प्रदर्शनी

पोखरा ।
पोखरा–५ स्थित एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको व्यावहारिक तथा प्रयोगात्मक ज्ञान बढाउने उद्देश्यल आन्तरिक बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । शनिबार आयोजित प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले १४ वटा स्टलमार्फत आफ्ना सिर्जना प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा विद्यार्थीले भाषा, सामाजिक शिक्षा, गणित, विज्ञान, स्वास्थ्य, कम्प्युटर र समसामयिक ज्ञानका पाठ्यक्रममा आधारित रहेर तयार पारेका भौतिक, प्राविधिक तथा दृश्य सामग्री राखेका थिए । उनीहरूले आमन्त्रित शिक्षाविद्, अतिथि तथा अभिभावकलाई आफ्ना सिर्जनाबारे व्याख्या गर्दै जिज्ञासाको जवाफसमेत दिएका थिए । प्रदर्शनीमा कक्षा तथा विषयगत शिक्षक र कर्मचारीले व्यवस्थापकीय सहयोग गरेका थिए ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका पूर्वडिन प्रा.डा. कपिल अधिकारी, विद्यालय सञ्चालक समिति अध्यक्ष इन्द्रमान खत्री, एनप्याब्सन कास्की अध्यक्ष रोशन कोइराला, सैनिक आवासीय माध्यमिक विद्यालय पोखराका उपेन्द्रप्रसाद पौडेल, नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य जलन खत्रीको उपस्थिति रहेको थियो ।
समाजसेवीहरू गिरा कोइराला, गजेन्द्रबहादुर खत्री, पुरुषोत्तम कोइराला, प्रेम शर्मा, स्थानीय टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधि, नमुना आवासीय माध्यमिक विद्यालय कुश्मा पर्वतका सह–प्राचार्य खेमराज शर्मा, विज्ञान शिक्षक चिन्तामणि पौडेल, विद्यालयका निर्देशक तथा एनप्याब्सन कास्की जिल्ला सचिव इजिना केसी, भाइस प्रिन्सिपल प्रशन्न केसी, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका पूर्व डिन अधिकारीले हरेक स्टलको अवलोकन गर्दै विद्यार्थीसँग संवाद गरेका थिए । उनले विद्यालयको कार्यको प्रशंसा गर्दै यस्ता प्रयोगात्मक र अभ्यासात्मक कार्य निरन्तर गरिरहन सुझाव दिए । अभिभावकले आफ्ना बालबालिकाको प्रयास, मिहिनेत तथा ज्ञान र सीपको प्रदर्शनी हेर्न पाउँदा खुसी व्यक्त गरे । उनीहरूले यस्ता कार्यलाई निरन्तरता दिन र कक्षाकोठामा पनि लागू गर्न सुझाव दिँदै विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
शनिबारको बिदालाई रचनात्मक बनाउन प्रदर्शनीले सहयोग पु¥याएको सहभागीहरूको बुझाइ थियो । विद्यालयकी निर्देशक एजिना केसीले बिदाको दिनमा पनि उपस्थित भई प्रदर्शनी अवलोकन गरिदिएकोमा अतिथि, अभिभावक, पत्रकार तथा विद्यार्थीलाई धन्यवाद दिइन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया