समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत

काठमाडौं । पोखराका युवा पत्रकार एवं समाधानकर्मी धनबहादुर गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीसहित ६ जना पत्रकार पुरस्कृत भएका हुन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनीहरूलाई पुरस्कार प्रदान गरे । संघले हरेक वर्ष एक जना गुरुङ र एक जना गैरगुरुङ समुदायका पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।
यस वर्ष गुरुङसँगै अन्य समुदायतर्फ काठमाडौंका श्यामकृष्ण श्रेष्ठ पुरस्कृत भए । उनीहरूले जनही २० हजार १ रुपैयाँ र सम्मानपत्र प्राप्त गरे ।
त्यस्तै, ‘तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार’ बाट काठमाडौंकी इच्छा गुरुङ पुरस्कृत भइन् । उनले १२ हजार ५०१ रुपैयाँ प्राप्त गरिन् ।
लमजुङकी खुसीमाया गुरुङले ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, चितवनकी सूचना गुरुङले ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ र सुनसरीका रबिन गुरुङले ‘सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्राप्त गरे । यी तीनै पुरस्कारको राशि जनही १० हजार १ रुपैयाँ रहेको छ । कार्यक्रममा ‘गुरुङ न्युज डटकम’ को लोकार्पणसमेत गरिएको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया