निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन आचारसंहिता–२०८२’ को मस्यौदा सार्वजनिक गरेको छ । आयोगले सरोकारवालासँग राय, सल्लाह र सुझाव लिनका लागि मस्यौदा जारी गरेको हो ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आचारसंहिताको मस्यौदा तयार पारिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले यो कदम चालेको हो ।
प्रस्तावित आचारसंहितामा १० वटा परिच्छेद र ५ वटा अनुसूची रहेका छन् । यो नयाँ आचारसंहिता लागू भएसँगै यसअघिको ‘निर्वाचन आचारसंहिता–२०७९’ खारेज हुनेछ ।
आयोगले यसपटक आचारसंहितामा केही कडा र नवीन व्यवस्था प्रस्ताव गरेको छ । मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गरिने उल्लेख छ । यस्तै, राजनीतिक दलहरूले निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । प्रचारप्रसारमा विद्युतीय माध्यम र सूचना प्रविधिको उपयोगलाई पनि आचारसंहिताले समेटेको छ ।रासस









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया