६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशकमा डा. चन्द्रप्रसाद आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले खुल्ला प्रतिस्पर्धाका आधारमा ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै डा. आचार्यलाई निर्देशकको जिम्मेवारी सुम्पिएको हो ।
उपकुलपति नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको ‘सर्ट लिस्ट’ (संक्षिप्त सूची) मा परेका ७ जना उम्मेदवारमध्येबाट डा. आचार्य छनोट भएका हुन् ।
अस्पतालको निर्देशक बन्नका लागि डा. आचार्यसहित ७ जना चिकित्सक प्रतिस्पर्धामा थिए । सर्ट लिस्टमा डा. असिम सुवेदी (पोखरा–४), डा. विज्ञान लामिछाने (पोखरा–१६), डा. दीपकराज पौडेल (शुक्लागण्डकी–६, तनहुँ), डा. मदन खड्का (रुपा–६), डा. प्रकाश भट्टराई (पोखरा–३०) र डा. सुस्मिता काफ्ले (पोखरा–१५) रहेका थिए ।
स्वास्थ्य विज्ञान संकायका डिन एवं निर्देशक छनोट तथा सिफारिस समितिका संयोजक प्रा. डा. विष्णुराज तिवारी नेतृत्वको समितिले उम्मेदवारहरूको योग्यता र प्रस्तुतीकरणको मूल्यांकन गर्दै डा. आचार्यलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
पोखरा–२१ निवासी नवनियुक्त निर्देशक डा. आचार्य पोखराका वरिष्ठ छातीरोग विशेषज्ञ हुन् । उनले अब पोखरा–३० खुदी, ढुंगेपाटनमा सञ्चालनको तयारीमा रहेको १०० शय्याको शिक्षण अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया