कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा

पोखरा । कास्कीको काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवको अवसरमा खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु भएका छन् । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले देशको भविष्य युवाको हातमा रहेको बताउँदै युवा पलायन रोक्नका लागि सबै क्षेत्रबाट पहल हुनुपर्ने बताए ।
उनले आफू आवद्ध केसी ग्रुप एवं अन्य व्यावसायिक प्रतिष्ठानहरुमा कालिका बहुमुखी क्याम्पसमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई क्याम्पसमा नै उपस्थित भएर रोजगारीका लागि छर्नाेट गर्ने बताए । केसीले विद्यार्थीलाई अध्ययनका अतिरिक्त विभिन्न खेलकुद तथा सांस्कृतिक क्रियाकलापमा सहभागी बनाउनुपर्नेमा जोड दिए ।
गएको पुस ४ गते सुरु भएको कार्यक्रममा बिहीबार सकिएको हो । ७ दिनसम्म खेलकुद, हाजिरी जवाफ, कविता, निबन्ध, वक्तृत्वकला, रक्तदान र नृत्य प्रतियोगिता गरेको छ । क्याम्पसका विभिन्न संकायका छात्र तथा छात्राबिच भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस, ब्याडमन्टिन, हाइजम्प, लम्मजम्प, निबन्ध, वक्तृत्वकला, कविता र हाजिरीजवाफ सम्पन्न भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुस १२ गते हुने वार्षिकोत्सव समारोहमा नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने क्याम्पसले जनाएको छ । क्याम्पसको वार्षिकोत्सवको पूर्वसन्ध्यामा कालिका टोल विकास संस्था र क्याम्पसको संयुक्त आयोजनामा भएको रक्तदानमा ५० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक मथुरा पौडेलले बताए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र रामघाटको प्रविधिक सहयोग थियो । निर्वतमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले पहिलो रक्तदाता शिक्षक सन्तोषमणि लामिछानेलाई ब्लड व्याग हस्तारण गरेर उदघाटन गरेका थिए । कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत गदै क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसलाई थप उचाईमा पुर्याउन र क्याम्पसले हासिल गरेका प्रगतिमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।
क्याम्पसले विद्यार्थीहरुलाई रोजगारीको व्यवस्थापन, सीपमूलक क्षमता विकासका साथै अनुशासित नागरिक बनाउने उद्देश्य रहेको बताए । गौतमले ज्ञान, सीप र अनुधान जिवनमा धेरै नै महत्तवपूर्ण रहने कुरा व्यक्त गदै क्याम्पसमा विगत लामो समयदेखि अध्यापन गराउँदै आएका अनुभवी शिक्षकले किताबी ज्ञानका साथमा व्यावहारिक तथा नैतिक शिक्षा प्रदान गरेको प्रमुख गौतमले बताए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना, युवराज गुरुङ, पूर्व विद्यार्थी मञ्चका सदस्य विष्णुमाया थापा, विद्यार्थी कल्याणकारी समितिका सचिव तेजेन्द्र केसीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए । शिक्षक साम्राज्ञी थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया