निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको तयारी थालेको छ । आयोगले तयार पारेको प्रस्तावित आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्रीदेखि निजी क्षेत्रका कर्मचारीसम्मलाई निर्वाचन आचारसंहिता लाग्नेछ ।
प्रस्तावित मस्यौदाअनुसार नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, स्थानीय कार्यपालिका र तिनका सदस्यलाई पूर्ण रूपमा आचारसंहिता लाग्नेछ ।
यसैगरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी पनि आचारसंहिताको दायरामा पर्नेछन् ।
राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले पनि आचारसंहिता पालना गर्नुपर्नेछ ।
आयोगका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा तिनका कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी र मतदातालाई पनि आचारसंहिता लाग्नेछ ।
यस्तै विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजनाका कर्मचारी, मतदाता शिक्षा सञ्चालन गर्ने संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी र कर्मचारीलाई समेत आचारसंहिता लाग्ने प्रस्ताव गरिएको छ ।
आयोगले परामर्शका लागि सार्वजनिक गरेको यो मस्यौदामा आवश्यक सुझाव समेटेर केही दिनभित्रै आचारसंहिता लागू गर्ने जनाएको छ । रासस









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया