हिमालय क्लबको सभा

पोखरा ।
भलिबल खेलका पूर्वराष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् । हिमालय क्लव बाटुलेचौरद्वारा सञ्चालित स्वर्गीय उदयबहादुर बस्नेत स्मृति भलिबल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् ।
क्लबको २९ औं बार्षिक साधारण सभामा उनलाई संस्थापक अध्यक्ष तीर्थमान तामाङ, मानार्थ सदस्य कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पूर्ववडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लबका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, उदयबहादुर बस्नेतकी पत्नी गणेशकुमारी बस्नेत र क्लबका पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठले नगद १० हजार र सम्मानपसहित सम्मान गरे ।
सभामा संस्थापक अध्यक्ष तामाङले समाजको विकास र रुपान्तरणमा यस्ता संघ, संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा सम्मानित व्यक्तित्व बस्नेतले पुरस्कार स्वरुप प्राप्त रकममा ५ हजार थप गरी १५ हजार रुपैयाँ अक्षयकोषमा नै सहयोग गरेका छन् ।
क्लब अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक रामबहादुर बाँनिया पूर्वअध्यक्ष सुशील बस्नेत, सदस्य लक्ष्मी श्रेष्ठ, पुरस्कृत व्यक्तित्व योगेन्द्रबहादुर बस्नेत, क्लबका सचिव तुलबहादुर बस्नेत र कोषाध्यक्ष लक्ष्मी पौडेलले बोलेका थिए ।









कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया