गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ

पोखरा । गृह मन्त्रालयले गण्डकी प्रदेशका लमजुङ, पर्वत र तनहुँसहित १५ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ। ११ पुसमा मन्त्रालयले गरेको निर्णय अनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको जिम्मेवारी हेरफेर गरिएको हो।
मन्त्रालयको निर्णय अनुसार गण्डकी प्रदेशका तीन जिल्लामा नयाँ सिडिओ पठाइएको छ। लमजुङको प्रमुख जिल्ला अधिकारीमा उमेश ढुंगानालाई जिम्मेवारी दिइएको छ। उनी यसअघि गृह मन्त्रालय वा अन्तर्गत कार्यरत थिए। त्यसैगरी पर्वतको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मीप्रसाद पौडेलको पदस्थापना भएको छ। पर्वतमा कार्यरत प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको भने दोलखामा सरुवा भएको छ। यस्तै भोजपुरका सिडिओ शिवलाल तिवारीलाई गण्डकीकै तनहुँको सिडिओ बनाएर पठाइएको छ।
मन्त्रालयले तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा बन्दना राईलाई खटाएको छ। उनी यसअघि गृह मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत थिइन्। तेह्रथुममा कार्यरत प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई भने गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ। यस्तै नुवाकोटका सिडिओ शशिधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ।
अन्य जिल्लाहरूमा पनि नयाँ सिडिओ पठाइएको छ। गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई भोजपुर, रेखा कँडेललाई खोटाङ र शान्तिराज प्रसार्ईंलाई प्युठानको सिडिओ बनाइएको छ। सिन्धुपालचोकको सिडिओमा रामकृष्ण अधिकारीलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयको सूची अनुसार इलामको सिडिओमा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा दीपकराज नेपालको सरुवा भएको छ। सल्यानको प्रमुख जिल्ला अधिकारीमा उपसचिव महेन्द्रकुमार सापकोटाको पदस्थापना गरिएको छ। कार्यसम्पादन सुदृढ बनाउन जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया