पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक परेको छ । उनकी आमा हुमाकुमारी पोखरेलको हृदयघातका कारण निधन भएको हो । उनी ७५ वर्षकी थिइन् ।
बिहीबार हृदयघात भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदापुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बिहीबार साँझ ५ बजे एक्कासि सास फेर्न अप्ठेरो महसुस गरेपछि उनलाई अस्पताल लगिएको थियो । पोखरा २१ कृस्ती मट्टिखान निवासी स्वर्गीय पोखरेलका २ छोरा र २ छोरी छन् । उनका श्रीमान्को भने २०६१ सालमै निधन भएको थियो ।
स्वर्गीय पोखरेलको पार्थिव शरीरलाई शुक्रबार बिहान पोखराको रामघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । पोखरेलको निधनप्रति पोखराका उद्योगी, व्यवसायी, आफन्त तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।








पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया