चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत

समाधान संवाददाता २०८२ पुष १२ गते १९:५३

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैठौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले सन्तोष बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

Advertisement

नवगठित कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्ष पदमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सर्वसम्मत चयन भएका छन् ।

Advertisement

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आशिष पुरी र मिलन थापालाई चयन गरेको संघले जनाएको छ । संघको नयाँ नेतृत्व चयन प्रक्रियामा सबै पदहरूमा सर्वसम्मत सहमति जुटेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया