पर्वतीय दौडमा १३ लाख खर्च

पोखरा ।
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक भएको छ । पोखरा क्लिक र पोखरा प्रबर्धन केन्द्रले शुक्रबार आय–व्यय विवरण बाहिर ल्याएका हुन् । गत असोज ११ गते भएको दौड सम्पन्न गर्न १३ लाख २ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ ।
अहिलेसम्म विभिन्न व्यक्ति तथा संघ संस्थाबाट ९ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । जेनजी आन्दोलनका कारण केही संघ संस्थाबाट भुक्तानी पाउन ढिलाइ भएको छ । त्यसले गर्दा केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोजकले जनाएको छ । सहयोग गर्ने वाचा गरेका संस्थाबाट रकम आएपछि घाटा कम हुने विश्वास लिइएको छ । आगामी संस्करणलाई अझ व्यवस्थित बनाइने संयोजक दीननाथ बरालले बताए ।
प्रतियोगितामा नेपालसहित ८ देशका १ सय ६७ जना धावक सहभागी थिए । नेपालबाहिर बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडाका धावक दौडिएका थिए । विश्व पर्यटन दिवसको अवसर पारेर प्रतियोगिता गरिएको थियो । यसले खेल पर्यटन प्रबर्धनमा टेवा पु¥याएको आयोजकको दाबी छ । विज्ञप्तिमा सहयोगदातालाई धन्यवाद दिइएको छ ।
दौडको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका थिए । विदेशी पर्यटकतर्फको उपाधि फ्रान्सका थियो डनेटले हात पारे । भेट्रान्सतर्फ गण्डकीका किशोर थापा पहिलो भए । पोखरा वडा नम्बर २२ तर्फ कुशल परियारले बाजी मारे । महिलातर्फ कोशी प्रदेशकी पदमकुमारी सुनुवार प्रथम भइन् । यु–१६ उमेर समूहमा प्रकाश थिङ पहिलो भए ।
प्रतियोगितामा सबैभन्दा पाका र कान्छा धावकलाई सम्मान गरिएको थियो । ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङ सम्मानित भए । गण्डकी बोर्डिङ स्कुलका ११ वर्षका आरोन नेपालले पनि सम्मान पाए । उनीहरुलाई जुनियर र सिनियरतर्फ सम्मान गरिएको हो ।
विश्व कीर्तिमानी धावक वसन्त घिमिरेलाई पोखरा प्रबर्धन विशिष्ट सम्मान प्रदान गरियो । उनी तनहुँका हुन् । विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङलाई पनि सोही सम्मान दिइयो । अघिल्लो वर्ष उद्योगी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसाङ गुरुङलाई यो सम्मान दिइएको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया