स्वावलम्बन जीवन पद्धतिको सभा

पोखरा ।
अपांगता भएका व्यक्तिहरुको लागि कार्यरत संस्था स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको १७औं वार्षिक साधारण सभा भएको छ । संस्थाको साधारण सभासँगै सामाजिक परीक्षण समेत गरिएको छ ।
कार्यक्रममा अपांगता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचा प्रवद्र्वन परियोजना अन्तर्गत याग्दीको बेनी स्थित बालज्योति आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए ।
पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले सामाजिक महाशाखा मार्फत अपांगताको क्षेत्रमा थोरै भएपनि सम्बोधन गरेको जानकारी दिइन् । आफु उपमेयर भएपछि अपांगता भएको बाल बालिकाको शिक्षामा पहुँच पुर्याउने घोषणा गरेको उल्लेख गर्दै उनले श्रोत कक्षा मार्फत बाल बालिकाको शिक्षा प्राप्तिमा सहजीकरण गरेको बताइन् ।
श्रवण दृष्टिविहीनको लागि अमरसिहं माविमा श्रोत कक्षाको व्यवस्था गरेको जानकारी दिदै उनले जानकी मावि महतगौंडामा अटिजम र इन्द्रराज्य मावि लामाचौरमा मस्तिष्क पक्षघात भएका बाल बालिकालाई श्रोत कक्षाको व्यवस्था गरेको उल्लेख गरिन् ।
पोखरा महानगरपालिका वडा नम्बर ७का अध्यक्ष राममोहन आचार्यले दातृ निकायसँग सहयोग जुटाएर संस्थाले अपांगताको क्षेत्रमा काम गरेको बताए । मानवीय विकासको क्षेत्रमा सामाजिक संघ संस्थासँग वडा कार्यालयले समन्वय र सहकार्य गर्ने जानकारी दिदै उनले स्थानीय तहसँगको समन्वयमा कार्यक्रम अगाडि बढाउन सुझाव दिए । उनले पछिल्लो समयमा अटिजमको मुद्दा थप समस्याको रुपमा देखिएको उल्लेख गरे ।
संस्थाका अध्यक्ष गुरुङले मोबीलिटी इन्टरनेशनल युएसएसँगको साझेदारीमा संस्थाको पहलमा प्रादेशिक अपांगता ऐन निर्माण गरी पारित भएको जानकारी दिए । अभिभावक लोचना अधिकारीले सात प्रदेशमा ऐन नियम नबनेको अवस्थामा प्रादेशिक अपांगता सम्बन्धी ऐन जारी गर्न नेतृत्व प्रदान गरेको बताइन् । उनले ऐनमा अपांगता भएका व्यक्तिको मुद्दा समावेश गर्न र ऐनको बारेमा सुसूचित गर्न र राय परामर्श संकलनमा संस्था मसिनोगरी लागेको उल्लेख गरिन् ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकीका उपाध्यक्ष पार्वती भुजेल, जानकी माविका प्रधानाध्यापक अर्जुन कंडेल, पत्रकार श्याम कुँवर, संस्थाका कार्यक्रम संयोजक दिनेश अधिकारी, वित्त संयोजक पूजा कोइराला, बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्री अपांगताको सवालमा बोलेका थिए ।
सभाले स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रिना पालिखे प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया