कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन

पोखरा ।
लेखनाथ महोत्सवमा डा. बोधराज ढकाल सम्मानित भएका छन् । महोत्सव अन्तर्गत शनिबार आयोजित साहित्यिक कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । ढकालले कवि शिरोमणि लेखनाथ पौड्यालको कवित्वमाथि विद्यावारिधि गरेका हुन् । उनको विद्यावारिधिको शीर्षक ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ थियो । उनले नेपाल संस्कृत विश्वविद्यालयबाट यो उपाधि हासिल गरेका हुन् ।
ढकालको जन्म स्याङ्जाको आँधीखोला–६ मा भएको हो । उनी हाल पोखरा–८ सिमलचौरमा बसोबास गर्छन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्छन् । उनले नेपाली वाङ्मयका विविध विधामा योगदान दिएका छन् । उनका विभिन्न अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरु प्रकाशित छन् । उनले सोध निर्देशन जस्ता महत्वपूर्ण प्राज्ञिक कार्यहरु पनि गरेका छन् ।
कार्यक्रममा महोत्सव मूल संयोजक जानुका अधिकारीले ढकाललाई अभिनन्दन पत्र अर्पण गरिन् । ढकालको प्रशंसनीय कार्यको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो । संयोजक अधिकारीले यस कार्यले वास्तवमै कवि शिरोमणिप्रति सम्मान भएको बताइन् । साहित्यकार एवं संस्कृतिविद् प्राडा कुशुमाकर न्यौपानेले पनि कार्यक्रममा बोले । उनले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर भएकोमा खुसी व्यक्त गरे ।
अभिनन्दित स्रष्टा बोधराज ढकालले सम्मान ग्रहण गरेपछि आफ्नो धारणा राखे । उनले यस सम्मानबाट आफूलाई थप प्रेरणा मिलेको बताए । कार्यक्रममा कवि शिरोमणिका कविताहरु समेत वाचन गरिएको थियो । संघका पूर्व अध्यक्ष छत्रधर आत्रेयले पौड्यालको साहित्यिक योगदानको स्मरण गरे । संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राडा जगन्नाथ रेग्मीले पनि कवि शिरोमणिको सम्झना गरे ।
कार्यक्रमको सञ्चालन साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुंगानाले गरेका थिए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं साहित्यिक उप–समिति सदस्य विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखे । पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय गराएका थिए ।
समारोहमा कवि लेखनाथसँग सम्बन्धित हाजिरीजवाफ पनि गराइयो । प्रश्नका सही उत्तर मिलाउने ७ जनालाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही १ हजार रुपैयाँ प्रदान गरियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरु यथावत रुपमा सञ्चालन भइरहेका छन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया