जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ स्थित बुढीबजारमा रहेको जल्धारे बचत तथा ऋण सहकारी संस्थाले २६ जना डाक्टरेट उपाधि प्राप्त व्यक्तित्वलाई सम्मान गरेको छ। १८औँ स्थापना दिवसको अवसरमा आइतबार सेयर सदस्य वा सेयर सदस्यका एकाघर परिवारभित्रका पाँच जना पीएचडी डाक्टर तथा २१ जना मेडिकल डाक्टरलाई सम्मान गरिएको हो।
उनीहरुले समाजका लागि उदाहरणीय कार्य गरुन् भन्ने उद्देश्यले डाक्टरी उपाधि प्राप्त गर्नेहरूलाई सम्मान गरेको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्रीकान्त ढुंगानाले सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत फरक शैलीमा स्थापना दिवस मनाउँदा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुँदै गएको सन्देश जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममामा संस्थाका सल्लाहकार मनोहरी ढुंगाना, उपाध्यक्ष सारदा बराल, लेखा समितिका संयोजक जीवन ढुगाना, सम्मानितहरुको तर्फबाट डा उदयराज ढुंगाना र डा जेसिका बराल तथा संस्थाका सचिव विचित्रनाथ ढुंगाना लगायतले बाेलेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया