मुस्ताङमा प्रादेशिक अस्पताल भवन

सुन्दरकुमार थकाली २०८२ पुष १४ गते १६:०६

जोमसोम ।
घरपझोङ गाउँपालिका ४ जोमसोममा निर्माणाधीन प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । जिल्लाकै एक मात्र २५ शड्ढयाको दुईतले पक्की अपांगमैत्री भवन बनिरहेको हो । २०७७ साल २ चैतमा दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको जनाइएको छ ।

Advertisement


अपांगतामैत्री दुईतले अस्पताल भवन सुरुवाती ठेक्का सम्झौता मुताबिक २०७९ साल १ चैतमा सकिनुपर्ने थियो । तर अस्पताल भवनको छानो छाउने डीपीआर डिजाइनमा प्राविधिक त्रुटि देखिँदा अस्पताल भवन निर्माण केही वर्ष रोकिन पुगेको थियो । सोही कारण निर्माण कम्पनीले भिओ माग गरेको थियो ।


निर्माण कम्पनीले भिओ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन १३ औं संशोधन अनुसार अस्पताल भवनको म्याद विसं २०८१ साल २ पुस महिनासम्म थप गरिएको थियो । त्यसपछि यहाँ निर्माणाधीन अस्पताल भवनको प्रि डिजाइन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो ।

Advertisement


यहाँस्थित निर्माणाधीन रहेको प्रादेशिक अस्पताल भवनको गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेपछि अस्पताल भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । प्रादेशिक अस्पताल भवन निर्माणको लागत अनुमान १६ करोड ३४ लाख रहेकोमा १० करोड २१ लाख लागतमा इमोर्टल कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।


अपांगतामैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने गरी यहाँको प्रदेश अस्पतालको भौतिक संरचना निर्माण भएको घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कडेलले जानकारी दिए । भवन निर्माणको बजेट प्रदेश सरकारबाट र प्राविधिक पक्षको जिम्मा गाउँपालिकालाई अख्तियारी दिइएको सबइन्जिनियर कडेलले उल्लेख गरे ।

Advertisement


यहाँको जोमसोमस्थित निर्माणाधीन प्रदेश अस्पताल भवनको भौतिक र वित्तीय प्रगति शतप्रतिशत भएको र यसको निर्माण कम्पनीसँग भवनको परीक्षण काल (डीएलपी) को अवधि रहेको सबइन्जिनियर कडेलले बताए । ’अस्पताल भवन निर्माण सकिएको छ, भवनमा विद्युत र सेनेटरी पक्षमा आंशिक त्रुटि भएकाले सच्याउन लगाएका छौं,’ सबइन्जिनियर कडेलले भने, ‘निर्माण कम्पनीले त्रुटि सच्याएपछि निर्माणाधीन यहाँको प्रदेश अस्पताल भवन हस्तान्तरण हुनेछ ।’


गण्डकी प्रदेश सरकारले यहाँको प्रदेश अस्पताललाई १५ शड्ढयाको अस्पतालबाट २५ शड्ढयाको अस्पताल भवनमा रूपान्तरण गर्न तत्कालीन समयमा यहाँ अस्पतालको भौतिक संरचना निर्माण सुरु गरेको हो ।

यहाँ अस्पताल भवनको ठेक्का सम्झौता भएको पाँच वर्षपछि भवनको भौतिक संरचना तयार भएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकहरुको स्वास्थ्य सेवालाई गुणस्तरीय एवं प्रभावकारी र सेवामूलक तुल्याउने गरी निर्माण गरिएको हो ।


भवनमा ल्याब कक्ष, आपत्कालीन कक्ष, प्रसूति कक्ष, एक्सरे कक्ष, अल्ट्रासाउण्ड, इसिजी कक्ष, बहिरंग सेवा, सामान्य शल्यक्रिया कक्ष, मेजर शल्यक्रिया कक्ष, मेडिकल कक्ष, बिरामी बस्ने वार्ड रुम र प्रशासनिक कक्ष र बैठक हल लगायत संरचनाहरु निर्माण भएका सबइन्जिनियर कडेलले जानकारी दिए ।


हालको जस्ताले छाइएको ५० वर्ष पुरानो जीर्ण अवस्थाको भवनबाट सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या र चुनौती देखिएको थियो । यहाँको नवनिर्मित अस्पतालको भवनबाट सेवा प्रवाह सुरु भएमा स्वास्थ्य सेवा प्रवाह सजिलो हुने अस्पतालका मेसु डा समीक्षा कँडेलले बताइन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया