भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा

काठमाडौं । भिजिट भिसा दुरुपयोगको आरोपमा अनुसन्धानमा तानिएका उपसचिव बद्रीप्रसाद तिवारीको जिल्ला समन्वय समिति पर्वतमा सरुवा भएको छ। गृह मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा रहेका तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सरुवा गरेको हो। उनलाई केही समयअघि गृह मन्त्रालयले म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट फिर्ता बोलाएको थियो।
तिवारीमाथि भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। उनी निवर्तमान गृहमन्त्री रमेश लेखकको निजी सचिव रहेकै बेलामा यो प्रकरण सतहमा आएको थियो। सोही समयमा तिवारी म्याग्दीको सिडिओ भएर गएका थिए। अख्तियारले मंसिर २५ गते विशेष अदालतमा दायर गरेको भिजिट भिसा सेटिङ सम्बन्धी आरोपपत्रमा तिवारीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ।
यस प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। प्रशासन मन्त्रालयले म्याग्दीबाट फिर्ता भएपछि जगेडामा रहेका उनलाई शुक्रबार पर्वत पठाउने निर्णय गरेको हो।








चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया